जवाफ दिनू महान् मानव, ज्ञान भएपछि पत्थरलाई के ढोग्छौ, घरमै भगवान् भएपछि । तिमी हाँगाविनाको रुख बन्नू, भीर बन्नू जो पनि आउँछन् खेल्छन्, मैदान भएपछि
मलाई पातमा बेरेर धुवाँ उडाउदै भित्रदेखि बाहिरसम्म सल्काउने बूढी आमाहरूको माया लाग्छ किनभने छोरी बुहारीहरू सहरिया छन् छोराज्वाईंहरू विदेश छन् जम्मै नातिनातिना पढ्न बाहिरै जान्छन् तसर्थ मलाई पातमा बेरेर धुवाँ
लोभ, पाप, धर्मविहीन चकमन्न धर्तीमा निर्वस्त्र, निर्लज्ज सृष्टि भएकी नारी रिनिक्क वैंशको रागले मस्त थामिनसक्नुको कामुकी आवेग सहँदै झट्ट धर्ती, आकाश नियाल्छिन् धर्तीको नग्नतामा रमिते आकाश देख्छिन् अचानक क्षितिजमा आँखा
जंगलका रूखहरू जंगलछेउ आगोको झिल्कालाई देखेर अँध्यारोलाई आगोभन्दा भयानक भनिरहे उभिएका पहाडहरू बगिरहेको एकान्त खोलालाई हेरेर बगरको मुहान आँखाबाट झरेको भनिरहे माटोका किराहरू भुइँमा खसेको फूललाई छोएर फूलको मुटु हावाको
१. यति ठूलो पद बोकेको साहेपले भ्रष्टाचार किन गरेको होला यत्रो टुप्पोमा पुगेको मान्छे स्वात्तै फेदमा किन झरेको होला, इतिहासमा स्वर्ण अक्षरले नाम लेखेर अमर हुने बेला थियो तर, यस्तो
एउटा चरी टिस्टाको किनारैकिनार आएर काठमाडौंतिर तीन महिनामै उनले गुँड लगाउन भ्याइन् अन्डा कोरलिन् बेलाबेला चारो खान आकाशमा उड्थिन् ओथारो छाडेर काठमाडौं घुमिन् र, अन्ततः पोएट आइडलका विजेता कहलिइन् उनी
हामी प्रेमका लागि अनेकतिर भौतारिन्छौं । प्रेम त प्रकृतिमै छ । हाम्रै वरिपरि । माटो, फूल, जून, शीत, हावा, रूखका पातमा प्रेमले हेर्दा हरेक वस्तुमा प्रेम भेटिन्छ । प्रत्येक अनुहारमा
कति मीठो गरी बुनिदिएको थियोे जवानीमा जालीरुमाल निद्राले पनि उत्तिकै मिहिनेत गरेर आनन्दको सपना खिप्यो कम्ती सुन्दर थिएन तर एकै झस्कामा व्युँझियो र सपना हिउँ बनेर पग्लँदै–पग्लँदै समुद्रमा विलीन भयो
मेरो एक इच्छा खराबीभन्दा मलाई खरानी मन पर्छ किनकि उज्यालो दिन कम्तीमा जल्नलाई हिम्मत चाहिन्छ तसर्थ, मलाई खरानी मन पर्छ खरानी मन पर्नेले आगोसित डराउनुहुन्न नचाहनेले खरानी बारीको पाटामा फाल्छन्
प्रतिपक्षको ध्वनि ध्वस्त भएको देश हराएर सत्ता पक्षमै विलीन गेस अब पाहुना कसलाई भन्ने लोकतन्त्रलाई कि सडकलाई यसर्थ देशले असल प्रतिपक्ष खोजिरहेछ यस्तो बेलामा हराउने होइन ए सडकका मान्छेहरू बारीका
सरकार म उल्टो मान्छे उल्टो मान्छे सधैं प्रतिपक्ष हुन्छ सुन्नुभएन म खास उल्टो मान्छे सरकारलाई कुर्सीमा आराम मिल्दो हो तर जनतालाई समस्याले सधैं निचोरेको देख्छु सरकार तपाईंको गाँसमा चौरासी ब्यञ्जन
पौरखी यी हातहरू गल्लाजस्तो भो इच्छा, चाहनाहररू बढ्दा जीवन ढल्लाजस्तो भो । कति धेरै कर्तव्य पूरा गर्न बाँकी छन् बीचबाटोमै प्रगति रोकिएलाजस्तो भो । झुटो मुस्कान नरोजेर संसारलाई सबैथोक समर्पण
धर्मराउँदै उडेको धुन आकाशमा विलीन भो जहाजको आवाज कसम विहीन भो । खस्यो खस्ने रहेछ तारेभीरमा जीवन सखिहरूको याद आगलागीमा चिलिम भो । अब धेरै नरुनू रोएर फर्कन्न, त्यो जलेको
ए जिन्दगी तिमी छौ र त म पनि छु त उत्तर–दक्षिण, पूर्व–पश्चिम जताततै डौडिन पुग्न सकिरहेछौं तिमी नभएको भए यो सबै देख्न पाउँथ्यौं र ? तिमी भएपछि तिमी यो भूमिमा
हर्कबहादुर भन्थ्यो– त्यो टोड्कामा बसेको दुई गुच्चाको गहिराइमा पनि समानता हुन्छ गुच्चा समुद्र हो समुदायको समस्या हेर्नलाई बनेको हो जब जबर्जस्त जन्मिन्छन् बालेन शाहहरू सडकहरूले पनि असहज मान्दारहेछन् गुडिरहेको मिनिट्रक
ए रामकुमार जोडिदियौ पुल पुलेसा खोटाङ भयो सुन्दर, हँसिया र हथौडामा गरौं हाम्रो मतदान यो विकास यो निकासमा तिम्रै मुख्य हात छ विरोधीको मुखमा बिर्को हिजोआज भा’छ ए रामकुमार असल
हराएको खुसी खोज्न मैले के–के गरेँ हिमालदेखि खुसी खोज्दै बेँसीसम्म झरेँ । मेरो खुसी बगिजाने खोलाजस्तै भयो पीडा भने खोलामाथि पुलजस्तै रह्यो, कतै खुसी मिल्ला भनी यत्न कति गरेँ हिमालदेखि
बुङचाम, बेछु, वासिम, वामावापा जुटाउनु छ मुन्दुम जगाएर किरातीको शिर उठाउनु छ बाधाहरू भत्काउन खुवालुङको शरण पर्छु म उँधौली र उँभौलीमा कूलपितृको दर्शन गर्छु म, ढोल–झ्याम्टा, सोचेप, ओईतुङ, पर्मा जुटाउनु
के–के व्यवसाय गर्छन्, कोही–कोही मान्छेहरू जो बाँचिरहेछन् डिजिटल जिन्दगीका आयुहरू जो तिरिरहेछन् सहजै, निरन्तर स्मार्ट जिन्दगीका किस्ताहरू । हामी बिचरालाई त खुसी – मीठो एक छाक लाग्छ सुख – बाँचिएकै