म उल्टो मान्छे


सरकार म उल्टो मान्छे
उल्टो मान्छे
सधैं प्रतिपक्ष हुन्छ
सुन्नुभएन
म खास उल्टो मान्छे

सरकारलाई
कुर्सीमा आराम मिल्दो हो
तर
जनतालाई समस्याले
सधैं निचोरेको देख्छु

सरकार तपाईंको
गाँसमा चौरासी ब्यञ्जन
हाँसेको हुँदो हो
तर म
सहिदको रगत रोइरहेको देख्छु

सरकार
तपाईंको छोरा, नाति
कहाँ पढ्लान् ?
सोध्न चाहे ?
जब उत्तर आउँछ
त्यो धूलोमा खेल्दै गरेको
सहिदका अनाथ बालक
रोइरहेको देख्छु

सरकार किन बलात्कार रोकिँदैन ?
सरकार किन टेक्नोलोजीले
मनपरी गोप्य साइटहरू चलाइरहेछ ?
सरकार हिंसा अझै रोकिएन त ?
सरकार विभेदको आगो कहिले निभ्छ ?
सरकार यो महँगी
अलि–अलि पनि घट्न मान्दैन ?
सरकार राज्यलाई म त महँगो रासन किनेर
मेरा १३ प्रतिशत पसलेले लिइरहेछ
तपाईं केले चल्नुहुन्छ ?
कालोबजारीको कमिसन वा
सरकारी तभ ?

मलाई भने अनौठो लागेको छैन
सरकार र ब्यापारी मिलेर
कति जनता लुटिरहन्छौ ?
खास यो बेला श्रमिक वर्ग पिल्सनमा हुन्छ
तिनको कुरा पूरा नगर्ने राज्यको
काम छैन
यसर्थ सरकार म उल्टो मान्छे
औंला उठाएर प्रश्न गर्ने सुल्टो मान्छे ।

प्रतिक्रिया दिनुहोस्