पौरखी यी हातहरू गल्लाजस्तो भो


पौरखी यी हातहरू
गल्लाजस्तो भो
इच्छा, चाहनाहररू बढ्दा
जीवन ढल्लाजस्तो भो ।

कति धेरै कर्तव्य
पूरा गर्न बाँकी छन्
बीचबाटोमै प्रगति
रोकिएलाजस्तो भो ।

झुटो मुस्कान नरोजेर
संसारलाई सबैथोक समर्पण
गरौं जस्तो भो ।

पौरखी यी हातहरू
गल्लाजस्तो भो
इच्छा, चाहनाहरू बढ्दा
जीवन ढल्लाजस्तो भो ।

हलेसी तुवाचुङ नगरपालिका–२ दाम्ली, डिकुवा खोटाङ

हाल : मलेसिया

प्रतिक्रिया दिनुहोस्