भुँइका ध्वनि



प्रतिपक्षको ध्वनि
ध्वस्त भएको देश
हराएर सत्ता पक्षमै
विलीन गेस

अब पाहुना कसलाई भन्ने
लोकतन्त्रलाई कि
सडकलाई
यसर्थ देशले
असल प्रतिपक्ष खोजिरहेछ

यस्तो बेलामा हराउने होइन
ए सडकका मान्छेहरू
बारीका डिलहरूमा तुसारो
फुलेर हिउँदको सम्मान गरेजस्तै
उठ न उठ अब
यति धेरै न सुत

किनकि
तिम्रो चीरनिद्रासमेत
तर्सनेगरी
सिंहदरबारभित्रै कैद गरिरहेछ
गणतान्त्रिक स्वच्छता
र इम्प्टिी बनाइरहेछ
सडकआसपासमा कोलाहल
र फेरि जन्मन सक्छ
भयानक आँधीबेहरीसहित
फिरौटे तानाशाह

किञ्चित पनि ननिदाऊ
म झकझक्याइरहेछु
सिंहदरबारभित्रका कुर्सीमा आसीन
महाशयहरूलाई हेरेर
कहिले मार्ताेलले तर्साउँछु
कहिले गैंती उचालेर खाल्डा देखाउँछु
किनकि त्योभन्दा विकल्पतिर जान चाहन्न
सहिदहरूको अपमान हुन्छ भने
यो देशको सर्वश्व गुम्नेछ
त्यसो हुनुभन्दा

महोदयलाई मुला काटेझैं काटौं
हो, तसर्थ अब धेरै न सुत
सडकका प्रियजन
हामी जागै रहनुपर्छ
अप्रिय हुन नदिन ।

प्रतिक्रिया दिनुहोस्