सिउनी



एउटा चरी
टिस्टाको किनारैकिनार
आएर काठमाडौंतिर
तीन महिनामै
उनले गुँड लगाउन भ्याइन्
अन्डा कोरलिन्
बेलाबेला चारो खान आकाशमा उड्थिन्
ओथारो छाडेर
काठमाडौं घुमिन्
र, अन्ततः पोएट आइडलका विजेता कहलिइन्

उनी नकचरी थिइनन्
पातर्नी पनि रहिनछन्
अझ भनौं भोगाइहरू टिपेर
चेतनामा उनने शक्तिशाली कवियात्री भइछिन्
त्योभन्दा बढ्ता त
सिर्जनाले समाज रूपान्तरण गर्छ
समाजको सेवा गर्छ
भन्ने ठम्याइको एक पर्खाल रहिछन्

उनी
थारो रहिनछन्
चलायमान मस्तिष्कले
तीन महिनामै बचेरा काढिन्
यही हल्लाले बजार भरिरहेछ
र, कवि मनहरूको कित्तामा उभिएर
भावनात्मक बहस सिर्जिएको छ

त्योभन्दा पर त सिक्किम
अरूकै स्वशासित क्षेत्र
अरूकै प्रान्त
अरूकै संघार
मूल्य मुनाफा अनेक चीज अरूकै भएर
पनि चिन्तन साहित्यमा हाम्रो बनिन्
नीलम गुरुङ

अब स्पेसल उनलाई यो शुभकामना छ
अब सिक्किमे नेपाल
इन्डियन होइन
नेपालको सिक्किम बनाउने
चेतना फुलोस्
तबमात्र तिम्रो साहित्यिक लगाम खुल्नेछ
अझ थुप्रै त्यस्ता यात्रा फक्रनेछ
यो साथमा साथ फुलेर ।

प्रतिक्रिया दिनुहोस्