मुन्दुम जगाएर किरातीको शिर उठाउनु छ



बुङचाम, बेछु, वासिम, वामावापा जुटाउनु छ
मुन्दुम जगाएर किरातीको शिर उठाउनु छ

बाधाहरू भत्काउन खुवालुङको शरण पर्छु म
उँधौली र उँभौलीमा कूलपितृको दर्शन गर्छु म,
ढोल–झ्याम्टा, सोचेप, ओईतुङ, पर्मा जुटाउनु छ
मुन्दुम जगाएर विभेदका साङ्लो छुटाउनु छ ।

नाइमा र हैकामाको भनसुन गर्दै भेट्छु निनामा
पारुहाङ र सुम्निमाको शक्तिसँगै पुग्छु नियामा,
बत्ती, धुपी र सेउली कोकुमाखुर जुटाउनु छ
मुन्दुम जगाएर किरातीको शिर उठाउनु छ ।

प्रतिक्रिया दिनुहोस्