श्रम र सीपका धनीले मात्रै संसार बदल्न सक्छ


श्रम र सीपका धनीले मात्र संसारको भार बोक्छ
पसिना मिसाई मिहिनेती रङ सुन्दर बनी फुल्छ ।

हेपिएका अदालती व्यवहार चकनाचुर पारी छोडौं
गोडमेल गर्दै श्रमजीवी साहस, उमंगसाथ रोपी रहौं ।

दमित आवाज शक्ति भरेर उठ दमनको किल्ला तोड्न
जमेर होइन, बाँध फुटाऊ, आँसुको महल फोर्न जुट ।

हे मेरा दिदी, ए मेरा भाइ, समानता किन भाग्छ
गहिरो हाँसो पासो बनेर पासपोर्टले किन ठिच्छ ।

श्रम र सीपका धनीले मात्रै यो संसार बदल्न सक्छ
उत्पीडित मुहारको अँध्यारो सबै उसले मात्र मेट्छ ।

हलेसी तुवाचुङ नगरपालिका–२, दाम्ली, डिकुवा, खोटाङ ।

प्रतिक्रिया दिनुहोस्