पत्थरलाई के ढोग्छौ, घरमै भगवान् भएपछि



जवाफ दिनू महान् मानव, ज्ञान भएपछि
पत्थरलाई के ढोग्छौ, घरमै भगवान् भएपछि ।

तिमी हाँगाविनाको रुख बन्नू, भीर बन्नू
जो पनि आउँछन् खेल्छन्, मैदान भएपछि ।

म मानव भएरै हो, असह्य आरोपको प्रतिकार गरेकी
किनबेच हुन्थें होला सायद, सस्तो सामान भएपछि ।

ढाडमा टेकेर टाउकोमा हान्ने, चलन पुरानै हो
गुनगान गाउँछ समाज, ज्यान चिहान भएपछि ।

हलेसी तुवाचुङ नगरपालिका–४, खोक्सेली, बडहरे, खोटाङ ।

प्रतिक्रिया दिनुहोस्