हँसिया र हथौडामा गरौं मतदान



ए रामकुमार
जोडिदियौ पुल पुलेसा
खोटाङ भयो सुन्दर,
हँसिया र हथौडामा
गरौं हाम्रो मतदान

यो विकास यो निकासमा
तिम्रै मुख्य हात छ
विरोधीको मुखमा बिर्को
हिजोआज भा’छ

ए रामकुमार
असल तिम्रो विचारले
बन्यो खोटाङ सुन्दर
हँसिया र हथौडामा
गरौं हाम्रो मतदान

धन कमाउने धनी होइन
सादा ‘सिम्पल’ उम्मेदवार
मनमा लोभी आँखा छैन
साझा छ इमानदार

ए रामकुमार
खोटाङलाई उज्यालोले
भयो नि झन् सुन्दर
हँसिया र हथौडामा
गरौं हाम्रो मतदान

हड्डीभित्र गोली छ है
हजार गाउँ पुग्छन्
सहेर नै आमाबुवा
सबलाई न्याय बाँड्छन्

ए रामकुमार
माओवादी भएर
भयो खोटाङ सुन्दर
हँसिया र हथौडामा
गरौं हाम्रो मतदान ।

प्रतिक्रिया दिनुहोस्