त्यो दोसाँध


कति मीठो गरी
बुनिदिएको थियोे
जवानीमा जालीरुमाल
निद्राले पनि उत्तिकै मिहिनेत गरेर
आनन्दको सपना खिप्यो
कम्ती सुन्दर थिएन

तर एकै झस्कामा व्युँझियो
र सपना हिउँ बनेर
पग्लँदै–पग्लँदै समुद्रमा विलीन भयो
म भने हराएको सपना खोजेर
व्यस्त छु

कतिखेर ऊ बादल भएर
मलाई नै भिजाउँछ
र, अनेकौं बीजहरू मेरै छातीमाथि उम्रनेछन्
र, मेरा सपना त्यही बिरुवामार्फत फल्नेछन् ।

त्यो दोसाँध
सोनाम सज्जन किराती
उनको खुद
निधनको खबर लिएर
मृत्युहरूविरुद्ध
कालो झन्डा बोकेर
भयंकर सौदाबाजी गरिरहेछ

न त्यहाँ मृत्यहरू
जन्मन छाड्छन्

जीवनहरू मृत्युमा
आयामको अहंकारमा
फुलेको देखेर
रम्न छाड्दैनन्

आखिर
म सपनामा पनि किन
विपना खोज्दिनँ

अनि जन्म र
मृत्युबीच
के सम्बन्ध हुन्छ ?

यसरी अल्मलिरहेछु
रात भर्खरतिर

झुटाहरूको बोटहरूबाट
उन्मुक्त राष्ट्र खै कता भेटिन्छ ?

चैनले जिएको
साँच्चैको स्वर्ग
कता पाइन्छ

जहाँ
अलौकिक स्वर्गको
कल्पनामा भुलेर
सत्यलाई भुलाइन्छ

तथापि त्यो
खुम्चिएकोे बकबास
बासी कुराहरू पिलाएर

योे मस्तिष्क
गलाउन खोजिन्छ
भने ढल्छ शरीर
विवेक नगलोस्

जहाँ एउटा
महान् पथमा उद्देश्य
फुलेको हुनेछ

त्यो विचार
निस्तेज भएकोे
वर्वरताको अन्त्य
जसरी हुन्छ

यसरी नै दोसाँधहरू रहनेछ

तसर्थ थुप्रै मृत्युहरू
नयाँ जीवन लिएर
सुनाखरीको मुस्कान
भई हाँसिरहेछन् ।
मानव बस्तीमा
हुर्केको सत्य
न्याययुक्त स्वर्गहरूलाई चुमेर
बाँचिरहेछन्
त्यही दोसाँध

स्वर्ग मिलेर
सबथोक
चलिरहेको हुन्छ

प्रतिक्रिया दिनुहोस्