धर्मराउँदै उडेको धुन आकाशमा विलीन भो



धर्मराउँदै उडेको धुन आकाशमा विलीन भो
जहाजको आवाज कसम विहीन भो ।

खस्यो खस्ने रहेछ तारेभीरमा जीवन
सखिहरूको याद आगलागीमा चिलिम भो ।

अब धेरै नरुनू रोएर फर्कन्न, त्यो जलेको शव
तिम्रो मुस्कान केही दिनलाई अब झिरिप भो ।

न हाँस्नु, न रुनु यो व्यथित दुर्घटना सम्झेर
नलाउनू उडानमा आँसुको मुहान दिने पिरिम भो ।

धर्मराउँदै उडेको धुन आकाशमा विलीन भो
जहाजको आवाज कसम विहीन भो ।

(२०७९/१०/०२ गते पोखरामा भएको यती एयरलाइन्स दुर्घटनापछि कोरिएको सिर्जना। जहाज दुर्घटनामा ज्यान गुमाएकाप्रति हार्दिक श्रद्धाञ्जली ।)

प्रतिक्रिया दिनुहोस्