हिमालदेखि खुसी खोज्दै बेँसीसम्म झरेँ



हराएको खुसी खोज्न मैले के–के गरेँ
हिमालदेखि खुसी खोज्दै बेँसीसम्म झरेँ ।

मेरो खुसी बगिजाने खोलाजस्तै भयो
पीडा भने खोलामाथि पुलजस्तै रह्यो,
कतै खुसी मिल्ला भनी यत्न कति गरेँ
हिमालदेखि खुसी खोज्दै बेँसीसम्म झरेँ ।

अग्लोबाट होचोतिर जे नि लडी झर्ने
तर मेरो दुःख सधैँ माथि तिर सर्ने,
भोको पेट, नाङ्गो आङले सधैँ आँखा तरे
म चैँ भने खुसी खोज्न बेँसीसम्म झरेँ ।

प्रतिक्रिया दिनुहोस्