दुर्छिम (खोटाङ) । नेपाल पत्रकार महासंघ खोटाङ उपाध्यक्ष टिवन राईले आफूलाई कोरोना संक्रमण भएको समाचार आफैंले लेखेका छन् । हलेसीमा रहेको आइसोलेसन केन्द्रमा बुधबार एन्टिजेन
शितला (दादुरा) करिब तीन सय वर्षअघि सबैभन्दा खतरनाक रोग मानिन्थ्यो । शितलाकै कारण मानिस मर्थे, जो बाँच्थे, ती कुरूप हुन्थे । उनीहरूको मुहारमा दाग बस्थ्यो । धेरैजसो रोगीको आँखा खराब
जेठ ३ गते । रातिको ८ बजिसकेको थियो । ओफ्लाङबाट कसैले टेलिफोन गरे । सामान्यतः रातिको समयमा कसैले टेलिफोन गर्दा झस्किन्छु । अपवादबाहेक रातिको समयमा आउने टेलिफोन संवेदनशील मानिन्छन् ।
‘यो तिम्रो हजुरबाले मलाई दिनुभएको १०० वर्ष पुरानो घडी हो,’ आफू जीवितै हुँदा एक बुवाले छोरालाई भने, ‘म तिमीलाई दिँदै छु । तर, त्योभन्दा अगाडि म यसलाई बेच्न चाहन्छु, कति
मान्यवर नगर उपप्रमुखज्यू आराम छु । आरामको कामना गर्छु । वर्ष दिनपछि फेरि चिट्ठी लेख्दै छु । अलिकति समय निकालेर अद्योपान्त पढ्न झर्को नमान्नूहोला है । विश्वव्यापी कोरोना महामारीबाट हलेसी
पत्रकारिताको महत्वपूर्ण विधा फिचर हो । यसले सञ्चारमाध्यमको शक्ति र सिर्जनशीलताको अधिकतम उपयोग गर्छ । समाचारले तथ्य प्रस्तुत गर्छ भने फिचरले ज्ञान प्रदान गर्छ । फिचर लेख्नेले जान्नैपर्ने विषयबारे वरिष्ठ
बेलायत । खोटाङ सेवा समाज बेलायत नवनिर्वाचित अध्यक्ष डा. प्रमोद कोयी राईले कोरोना संक्रमणपीडितलाई दृष्टिगत गर्दै खोटाङमा स्वास्थ्य शिविर सञ्चालन गर्ने प्रतिबद्धता जनाएका छन् । समाज अध्यक्षमा निर्वाचितलगत्तै डा. राईले
विद्यालयले गर्मी बिदा दियो । बिदाको समय सदुपयोग गर्न ममीसँग काठमाडौं गयौं । सुनसरीको इटहरीभन्दा काठमाडौंमा शीतल रहेछ । शीतल ठाउँमा केही दिन बस्न पाउँदा कम्ती रमाइलो लागेन । काठमाडौंमा
दिक्तेल (खोटाङ) । दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाले साह्रो–गाह्रोमा १४ नम्बर वडा बुइपाको एम्बुलेन्स प्रयोग गर्दै आएको छ । ‘त्यो पनि बिरामी बोकेर हिजै काठमाडौं पुगेको छ,’ दिक्तेल रूपाकोट मझुवागढी नगरपालिकाका
प्रसिद्ध चिनियाँ नेता माओ त्से तुङलाई सात वर्ष उमेरमा मात्रै स्कुलमा भर्ना गरिएको थियो । उनले आफ्नो गाउँ साओसानकै प्राइमरी स्कुलमा औपचारिक अध्ययन थालेका थिए । त्यस स्कुलमा एकजना क्रूर
आदरणीय घरबेटी आमैमा नमस्कार । कोठा छाडेपछि एउटा पत्र तपाईंको नाममा लेख्न मन लाग्यो । यो गनगन पढेर तपाईंको कि त चित्त दुख्ला कि त चित्त बुझ्ला भन्ने विश्वास लिएको
मोहन ट्वाल्ल परेर हेरिरहको थियो । आमा, असारी हिजो तयार पारेको भारीमा लैजान छुटेको सामान लगाउँदै थिई । मोहनलाई अनुमान त थियो कि अब कतै जानुपर्छ भनेर । तर, उसलाई
नेपाल राष्ट्र बैंकको पहिलो गभर्नर हिमालयशमशेर राणा हुन् । राणापछि १५ जना गभर्नर भइसकेका छन् । राष्ट्र बैंकमा एक गभर्नर र दुईजना डेपुटी गभर्नर रहन्छन्। राष्ट्र बैंकमा पहिले सदर मुलुकी
एक्काइसौं शताब्दीको एक दिन लोकतन्त्रको सादा ऐनाअगाडि उभिएको रामभरोस अचानक आहत भयो र चाल्र्स डार्बिनको चौथो अनुहार खोई ? खोई एउटा मानिस पृथ्वीको ? समयको यति लामो, क्रूर र छली
ए, घोमपाल कहाँ गयो त्यो सरस बचपनको स्वप्नमय सुन्दर संसार अचेल कुन दुःखको गाउँमा छौ ? माछालाई माझीको नयाँ जालजस्तै प्रत्येक साल माघीमा नयाँ जिम्दार फेर्दै बुढान पुग्यौ कि अझै
जदौ हजुर । मालिक अलिक टाढै बस्नूस् नाउँ लक्ष्मी, आमाबाकी एउटी छोरी न जेठी न कान्छी न ठूली न सानी गरिबको घरमा बत्ती बलेकी थिएँ, हजुर बत्ती । तर, कर्मको
जुनसुकै देशको जतिसुकै अग्लो डाँडाबाट जतिसुकै सेतो परेवा उडाए पनि दिउँसै खुला आकाशमा चीलले परेवाको सिकार गर्छ …र चील १ अमेरिकाको राष्ट्रिय पक्षी हो ।
रुकुम–रोल्पा आँसु पुच्छन्, यता हाम्रो खोटाङ रुन्छ, नेपालको मुटु भन्दै प्रवासमा भोटाङ रुन्छ । झुलनवाग र नायगरा फल्सतिरको दौड हेरी च्छो रोल्पालाई बिर्सिंदिँदा निरीह भई लिवाङ रुन्छ । यात्सेनलाई हत्याउने
खप्टिरहन्छ दुःखमाथि दुःखको त्यो भारी पहिरोले तानिदिने कठै ! मेरै घरबारी । पहाड चढौं पहिरो छ, मधेस खोलाबाढी दुखियाको भाग्यमा फुटेको छ हाँडी, मन बिसाउनी चौतारी कहाँ होला छहारी पहिरोले
हो, म नेपाली शिक्षक । नेपाली भएकोमा गर्व पो गर्नुपर्ने हो । तर, मेरो अवस्था पनि विकसित र शक्तिशाली मुलुकको छत्रछायाँमा परेर हीन महसुुस गरिरहेका हाम्राजस्ता कमजोर देशका नागरिकको जस्तै