यता हाम्रो खोटाङ रुन्छ


रुकुम–रोल्पा आँसु पुच्छन्, यता हाम्रो खोटाङ रुन्छ,
नेपालको मुटु भन्दै प्रवासमा भोटाङ रुन्छ ।

झुलनवाग र नायगरा फल्सतिरको दौड हेरी
च्छो रोल्पालाई बिर्सिंदिँदा निरीह भई लिवाङ रुन्छ ।

यात्सेनलाई हत्याउने युआनको खेल हेर्दै
स्वाभिवानी, राष्ट्रवादी बेइजिङमा चियाङ रुन्छ ।

जाफ्ना अनि जेरुसेलम, तोराबोरा कथा सम्झी
टिम्बुटबोरे, छिन्ताङ, खारा हेर्दै उता मनाङ रुन्छ ।

मान्छेभित्र मानवता हराएर गएपछि
पिली अनि माडी सम्झी ‘पीडित’सँगै मुस्ताङ रुन्छ ।

नवसाहित्यकुञ्ज, ओखलढुंगा

प्रतिक्रिया दिनुहोस्