फिचर लेख्न खोज्नेलाई वरिष्ठ पत्रकार मोहन मैनालीका ‘टिप्स’



पत्रकारिताको महत्वपूर्ण विधा फिचर हो । यसले सञ्चारमाध्यमको शक्ति र सिर्जनशीलताको अधिकतम उपयोग गर्छ । समाचारले तथ्य प्रस्तुत गर्छ भने फिचरले ज्ञान प्रदान गर्छ । फिचर लेख्नेले जान्नैपर्ने विषयबारे वरिष्ठ पत्रकार मोहन मैनालीले प्रकाश पारेका छन् ।

फिचरले के गर्छ ?

कुनै घटनाको व्याख्या गर्छ ।

समाचार वा वक्तव्यको विस्तृत व्याख्या गर्छ ।

कुनै विचार वा नयाँ अवधारणा खोजी गर्छ ।

कुनै विषय, सामाजिक समस्या वा काण्डबारे खोज गर्छ । अर्थात् वाचडगको भूमिका निर्वाह गर्छ ।

फिचरले के गर्छ ?

साना, ठूला घटना, ठाउँ, अनुभव, यात्रा र मानिसबारे वर्णन गर्छ ।

कुनै कुराको सुन्दर किसिमले वर्णन गरेर पाठकलाई आनन्द दिलाउँछ ।

खराब कुरा सच्याउनका लागि, मान्छेको अवस्था सुधार्नका लागि अभियान चलाउँछ ।

स्तम्भमार्फत सकारात्मक विचारलाई प्रोत्साहन दिन्छ ।

फिचर र समाचारमा अन्तर

समाचारले तथ्य प्रस्तुत गर्छ, फिचरले ज्ञान प्रदान गर्छ ।

हार्ड न्युजमा विशेषण र क्रिया विशेषणको प्रयोग कमैमात्र हुन्छ तर फिचरमा तिनको भरमार प्रयोग हुन्छ ।

समाचारमा आफ्नो विचार र कमेन्ट राख्नुहुँदैन तर फिचरको स्वरूप हेरेर यी दुवै कुरा हुन्छन् ।

फिचरका विशेषता

– समाचारभन्दा लामो (तर, लम्बाइमात्रै ठूलो कुरा होइन) ।

फिचर विषयबाट सुरु हुन्छ । आफूलाई विश्वास लागेको कुरालाई प्रमाणित गर्ने सूचना र विचार प्रस्तुत गरिन्छ । पाठकलाई एउटा निष्कर्ष निकाल्न मद्दत गरिन्छ ।

फिचरको महत्व

रेडियो र टेलिभिजनले हार्ड न्युज र तथ्य, तथ्यांकमा जोड दिन्छन् भनिन्छ भने प्रिन्ट मिडिया आधिकारिक विचार र पृष्ठभूमिका लागि हो । (यसमा छलफल गर्न सकिन्छ)

फिचर पत्रकारिताको एकदमै महत्वपूर्ण विधा हो ।

यसले सञ्चारमाध्यमको शक्ति र सिर्जनशीलताको अधिकतम उपयोग गर्छ ।

फिचरका प्रकार

न्युज फिचर : कुनै महत्वपूर्ण विषयबारेमा

समाजलाई सतर्क गराउने, समाजका आँखा खुलाउने वा अग्रिम जानकारी दिने, खबरदारी गर्ने

व्यक्तिचित्र उतार्ने

फोटो फिचर : घटना वा व्यक्तिको चित्र प्रस्तुत गर्ने ।

विश्लेषण : जटिल विषय वा सामग्रीको विश्लेषण

फिचरका प्रकार

खोज

समवेदना

जीवनशैली

निर्देशिकाजस्तो

इतिहास

पाठकले के कुरा पढ्न चाहन्छन् ?

आफूसँग सम्बन्धित विषय

आफ्नाबारे लेखिएका विषय

अरू ठाउँमा भएका घटना

व्यावहारिक र उपयोगी जानकारी । निमोनियाबाट कसरी बच्ने ? आदि

सल्लाह र सुझाव ।

(अमेरिकन सोसाइटी अफ न्युज पेपेर इडिटर्सको अनुसन्धानको निचोड)

अभ्यास

अब आउने तीन फोटो हेरेर त्यहाँ देखिएका पाटा बनाउनका लागि कति खर्च लागेको होला अनुमान गर्नुहोस् ।

Subject of feature

Subject of feature

Subject of feature

हामीले कसको फिचर लेखिरहेका छौं ?

अभ्यास

फिचर छापिन योग्य बनाउने उपाय

आइडियालाई राम्रोसँग प्रस्तुत गर्ने कला

 विषयवस्तु छान्ने कला

छोटकरीमा प्रस्तुत गर्ने कला

उत्साह, जाँगर

जानकारी बटुल्ने (पढाइ, कुरा गराइ, हेराइ)

नयाँ एंगल, नयाँ शैली छान्ने कला

रचनात्मक शैली

अभ्यास : मनसुनको स्टोरी

२०६२ वैशाखदेखि गर्मी बढेको थियो ।

विराटनगरमा ३६ डिग्री सेल्सियससम्म गर्मी भएको थियो ।

किसानको बीउ सुकेको थियो ।

रिक्सावालालाई रिक्सा चलाउन कठिन थियो ।

हरेक मान्छे तड्पिएका थिए ।

रचनात्मक शैली

जल तथा मौसम विज्ञान विभागले नेपालमा मनसुन आइपुग्न पाँच दिन ढिलो हुने अनुमान गरेको थियो ।

तर, मनसुन आउन नौ दिन ढिलो भयो ।

२०६२ असार ६ गते, विराटनगर

१०० एमएम पानी पर्यो

गर्मी घटेर २९ डिग्री सेल्सियस भयो

पश्चिम नेपालमा मनसुन पुग्न अझै एक हप्ता लाग्छ । पश्चिम नेपालमा विराटनगर भन्दा १४ डिग्री सेल्सियससम्म बढी गर्मी भएको थियो । विराटनगरमा पानी परेर २९ डिग्री सेल्सियस तापक्रम भएका दिन धनगढीमा ४३ डिग्री गर्मी थियो ।

फिचरका आइडियाका स्रोत

समाचार

विभिन्न विधाका मानिसका प्रकाशन : अध्ययन र अनुसन्धानका रिपोर्ट

सम्पादकलाई चिट्ठी

sources of idea

फिचरका आइडियाका स्रोत

विज्ञापन

sources of idea

आफनै भोगाइ

अवलोकन

विभिन्न घटनाका अर्थात्

पढ्ने, कुरा गर्ने, आँखाले हेर्ने अर्थात् सक्रिय रहने ।

फिचरका लागि तयारी किन गर्नुपर्छ ?

तयारीविनाको फिचर सम्पादकले फालिदिन्छन् किनभने त्यसमा धेरै कमजोरी हुन्छन् ।

फिचर बोरलाग्दो हुन्छ ।

फिचर हुनुपर्ने क्रमअनुसार राखिएको हुँदैन ।

फिचरका लागि तयारी किन गर्नुपर्छ ?

फिचरमा अति धेरै नचाहिने कुरा हुन्छन् ।

फिचर लेख्ने मान्छे आफूले छानेको विषयभन्दा टाढा बहकिएको हुन्छ ।

तथ्य–तथ्यांकले एउटा कुरा भन्छ, निष्कर्ष अर्कै निकालेको छ ।

तयारी कसरी गर्ने ?

कुनै जानकारी पाउँदा आफूलाई के लाग्छ विचार गर्नुहोस् ।

त्यससम्बन्धी तथ्य–तथ्यांक खोज्नुस् ।

त्यस विषयमा कसले बताउन सक्छ ? त्यस विषयसँग सम्बन्धित कुनै घटना कसले बताउन सक्ला ?

यति भइसकेपछि तपाईंलाई के लाग्छ फेरि विचार गर्नुहोस् ।

तपाईंको विषय के हो ? सकेसम्म बढी निश्चित विषयमा केन्द्रित हुनुहोस् ।

तयारी कसरी गर्ने ?

कुराकानीका लागि उपयुक्त मानिस पत्ता लगाउनुहोस् । जति धेरै भयो उति राम्रो ।

अनुसन्धानका लागि विभिन्न स्रोत हेर्नुहोस् ।

पुस्तक, रेडियो टीभी कार्यक्रम, आफनो फाइल ।

आफ्नो फिचरमा के–के कुरा संलग्न हुन्छ भन्ने कुरा लेख्नुहोस् ।

विषय छनोटका आधार

महत्व

आकार (संख्या)

समसामयिकता

दूरी

गम्भीरता

नयाँपन

पुरानो विषय भए त्यसमा नयाँ विकास

विज्ञापनबाट पत्ता लागेका कुरा

कपास विकास समितिले एक करोड १९ लाखको विषादी किन्न आँटेको रहेछ ।

नेपालको प्रचलित नियमले ५० हजारभन्दा बढीको सामान खरिद गर्दा सिलबन्दी बोलपत्र आह्वान गर्नुपर्छ भनेको छ । तर, कपास विकास समितिले यो सामान किन्न कोटेसनमात्र आह्वान गरेको छ ।

विज्ञापनबाट पत्ता लागेका कुरा

खरिद गरेका विषादी कपास किसानले उपयोग गर्दैनन् । यति विषादी छर्ने हो भने आम्दानीको २० प्रतिशत रकम विषादीमा मात्र खर्च गर्नुपर्छ ।

मान्यता अर्थात् तपाईंलाई के विश्वास लागेको छ भन्ने कुरा

कपास विकास समितिका अधिकारीले व्यक्तिगत लाभका लागि यी विषादी खरिद गर्न लागेका हुन । यी विषादी किनेका खण्डमा तिनीहरू गोदाममा थन्किएर बस्छन् र पछि तिनलाई तह लगाउन अर्काे समस्या पर्छ ।

फिचरमा हुनुपर्ने कुरा

तथ्य–तथ्यांक, तथ्यगत जानकारी जसले आफनो तर्कलाई बल पु¥याउँछ ।

फिचरमा हुनुपर्ने कुरा

जल तथा मौसम विज्ञान विभागका लागि इन्भारोमेन्ट एन्ड रिसोर्स मेनेजमेन्ट कन्सल्टयान्टले तयार गरेको एक प्रतिवेदनका अनुसार २०५९ पुस ११ देखि माघ १३ गतेसम्म हुस्सु लागेको थियो । नेपालको मौसम विज्ञानको इतिहासमा यति लामो समयसम्म हुस्सु यसअघि कहिल्यै लागेको थिएन । २०५४ मंसिर ३० देखि माघ २ गतेसम्म हुस्सु लागेको थियो ।

फिचरमा हुनुपर्ने कुरा

साना घटना, फिचरभित्रका छोटा कथा, फिचरको मुख्य तत्व, समाचारमा नहुने र फिचरमा हुने मुख्यतः विशेषता

फिचरमा हुनुपर्ने कुरा : घटनाको वर्णन

बैतडीको भटानाका बलराम भट्टसँग माओवादीले ‘युद्व लड्नका लागि एकजना छोरा मागे । छोरा नदिए ५० हजार दिनुपर्ने सर्त उनीहरूले राखे । बलरामले माओवादीलाई धेर–थोर पैसा त दिए । २०५८ असोज १ गते पूरा पैसा दिन नसकेको भन्दै ६८ वर्षीय बलराम र ५५ वर्र्षीय उनकी श्रीमती निर्मलालाई माओवादीले निर्घात कुटे । त्यसपछि भट्ट दम्पती तीन छोरासहित गाउँ छाडेर हिँडे । उनको घरमा माओवादीले कब्जा जमाएका छन् ।

फिचरमा हुनुपर्ने कुरा : अवलोकन

दृश्य वर्णन : जीवन्त कुराहरू “कारखानामा मरेका मानिसका शव अझै भुइँमै थिए र तिनलाई लैजान पर्खिरहेका ट्रकमा राख्न ती शव उठाइँदै थिए । जता हेर्यो उतै मानिस वाक्वाक् गरिरहेका र खोकीले छटपटाइरहेका थिए । सहरका सम्पूर्ण पसल बन्द थिए । गल्ली, सडक र नालमा मानिसका शव जताततै पल्टिइरहेका थिए ।

फिचरमा हुनुपर्ने कुरा : अवलोकन

शवहरू बन्दुक हानेर आकाशबाट खसालिएका चारहरूझैं कठोर पीडाले डल्लो परेर कक्रिएका थिए । शवलाई सिकारभक्षी जीवहरूबाट बचाउन भारतीय सेनाका राइफलधारी सिपाही तैनाथ थिए । उनीहरूलाई लामा लाठी बोकेका स्वयम्सेवकले साथ दिइरहेका थिए । बालकहरू सुन्निएका आँखा लिएर भौंतारिइरहेका थिए ।”

फिचरमा हुनुपर्ने कुरा : अवलोकन

उनका अघिल्ला दाँतहरू मिलाएर राखिएका शंखजस्तै थिए । उनका चारवटा कुकुर दाँत शंख घुम्ने दिशातिर नजानिँदोपाराले घुमेका थिए । उनको नाक तीखो थियो र आँखा नीला थिए । उनको कपाल बाक्लो र दायाँतिर घुंग्रिएको थियो । उनका औँलाहरू हाँसका खुट्टाझैं सुन्दर थिए ।

फिचरमा हुनुपर्ने कुरा : अवलोकन

डाँकुहरूको मुहार शान्त भयो । सुँगुरको जगरझैं ठाडो भएका उनीहरूका रौं साम्य भए र उनीहरू खुसीले मुस्कुराए । उनीहरू सातैजना जमिनमा बसेर मायालु भावले दाहां ङिच्च पारे ।

(डाकिनी येसे छोग्यालको जीवनीबाट ।)

फिचरमा हुनुपर्ने कुरा : भनाइ

आफूले कुरा गरेका मानिसका भनाइ । यस्ता भनाइमा भन्ने मान्छेको नाम दिनुपर्छ । मन छुने र अर्थ दिनेखालका भनाइले फिचरलाई राम्रो बनाउँछ । अर्थ नदिने र भद्दा भनाइलाई भने जहिल्यै पनि हटाउनुपर्छ ।

फिचरमा हुनुपर्ने कुरा : भनाइ

“त्यो निको मान्छे हो, बा । त्यसै मारे,” उनकी आमा कोइलाले तेस्रो तलाको झ्यालबाट मुन्टो निकालेर भनिन् ।

“धान काट्न गएको थियो । अस्तिका सेना आए । पदम खोइ भने । धान काट्न गएको छ भन्यौं । ल्याएर यहाँ पटापट पिटे । पिट्दैपिट्दै लगेर मारे,” कोइलाले भनिन् ।

फिचरमा हुनुपर्ने कुरा : भनाइ

“ए जूनकला, जूनकला । तेरा मुखैंदो मारिफाल्या । धेखिनाइँ ? (तेरा सामुन्ने मलाई मारेर फाले । देखिनस्) ।”

“हिउँदमा पश्चिमा प्रभावका कारण पानी परेपछि सुरु भएको मधेसको हुस्सु अरबियन सागरबाट तातो हावा नआइपुगुन्जेलसम्म हट्दैन,” दाहाल भन्छन् । यसो हुनलाई झन्डै एक महिना पर्खनुपर्छ ।

फिचरमा हुनुपर्ने कुरा : भनाइ

फायर गर न । गोली चलाऊ । गोली हान । तिमीलाई गोली किन दिया ?

हुँदैहुँदैन सर ।

गोली हान, गोली । घुँडामुनि गोली हान ।

यहाँ कोही पनि छैन हजुर, म एक्लै छु । मसँग ४० जनाजति होलान् ।

४० जना भनेको धेरै हो, लाटा ।

फिचरमा हुनुपर्ने कुरा : भनाइ

पुलमा कसैले आगो लगायो भने घुँडामुनि ताकेर गोली हान्ने ।

जनता जागेका बेला २०४६ चैत २४ गते साँझ ५ः१५ देखि ८ः१५ सम्म पुलिस र कन्ट्रोलबीच भएको कुराकानी ।

फिचरमा हुनुपर्ने कुरा

इतिहास र पृष्ठभूमि : पहिलेका घटना उल्लेख गरेर हालको घटनाको सन्दर्भ प्रस्ट पार्नुपर्छ ।

फिचरमा हुनुपर्ने कुरा

तुलना, एक–अर्कासँग नमिल्दा कुरा

तर्क वितर्क : फरक–फरकखालका तर्क

नक्सा, फोटो, ग्राफिक्स

बार, चार्ट, कार्टुन आदि

फिचरमा हुनुपर्ने कुरा

विश्लेषण

यी कुरा कहाँ खोज्ने ?

दस्तावेज, लिखित सामग्री

पृष्ठभूमि, इतिहास

तथ्य–तथ्यांक

थप जानकारी लिनका लागि कुन दस्ताबेज वा लिखत पढ्नुपर्छ वा कुन मान्छे भेट्नुपर्छ भन्नेबारे जानकारी ।

आज रमिता छ, इन्द्रबहादुर राई

आफ्ना पात्रहरूको विषयमा लेखकले लेखेकोभन्दा बढ्ता कुरा जानेको हुनुपर्छ र मात्रै उसले थोरैमा पनि विश्वास पार्नेगरी भन्न सक्छ । अर्काे कुरा, मन परेको व्यक्तिको मात्र कथा लेख्न सकिँदोरहेछ ।

आज रमिता छ, इन्द्रबहादुर राई

मलाई मेरा मुख्य पात्रहरू जनक, भूदेव, एमके, रवि आदिको आविष्कार गर्नमा धेरै महिना लाग्यो । जनक बनाउँदा मैले मेरा धेरै परिचितका गुण–अवगुणको मसअ, मसअ निकालेर बनाएँ । एमके बनाउँदा तीनजना गाल्नुपर्यो ।

आज रमिता छ, इन्द्रबहादुर राई

‘खगप्रसादलाई मैले ५४ सालको हिउँदोमा झापादेखि उताको दमक बजारमा चैनपुरे दमाईकहाँ भेटेको थिएँ । ऊ त्यहाँ त्यै दिन धनकुटा फर्कन लाग्दा झोला सिलाउन आएको थियो, म बाटोमा सबै लुगाफाटा हराएर कमेज सिलाउन पुगेको थिएँ ।

आज रमिता छ, इन्द्रबहादुर राई

दुवैलाई हतार थियो तर दमाई नै थोते उसको मिसिनै थोते हुँदा अलिकति हतारसँग छिटो चलायो कि मिसिनको सियोले नसिलाई दगुथ्र्याे । दिनभरि पर्खेर हमाीलाई बात गरिरहनै कर लागेको थियो । १८–२–’५८ ।

दस्तावेज : लिखित सामग्री

गोप्य सामग्री : निजी सामग्री, बैंक अकाउन्ट, सम्पत्ति विवरण, चिट्ठी, प्रेस्किप्सन आदि)

दस्तावेज : लिखित सामग्री

वार्षिक प्रतिवेदन (नार्क, कलेज, नगरपालिका, जिल्ला विकास समिति)

अनुसन्धानका प्रतिवेदन (अख्तियार दुरुपयोग अनुसन्धान आयोग)

विद्वान्हरूले गरेका अनुसन्धान : आइयुसिएन न्युजलेटरको उदाहरण

किताब

पत्रपत्रिका, समाचारपत्र आदि ।

मुद्दाका मिसिल

सन्धि–सम्झौता

इन्टरनेट (अभ्यास)

२०६२ सालमा नेपालमा मनसुन कुन दिन प्रवेश गरेको थियो ?

सामान्यभन्दा कति ढिलो आएको थियो ?

२०६२ असोज/कात्तिकमा नेपालको मौसम कस्तो थियो ?

२०६२ को मंसिर/पुसमा पश्चिम नेपालको मौसम कस्तो थियो ?

इन्टरनेट (अभ्यास)

पहोर साल नेपालको मधेसमा कहिलेदेखि, कति दिन हुस्सु लागेको थियो ?

कोल्टी विमानस्थलको उचाइ कति हो ? लम्बाइ कति छ ?

तपाईंको जिल्लाको जनसंख्या कति छ ? २०६८ सालको जनगणनाका आधारमा भन्नुहोस् ।

तिनाउ नदीमा कहिले बाढी आएको थियो ? त्यसबाट कति क्षति भएको थियो ।

इन्टरनेट (अभ्यास)

रोड एक्सिडेन्ट

फिभर

इन्सेफ्लाइटिस

मानिससँग कुराकानी

आधिकारिक भनाइ (सम्बन्धित अधिकारी, विशेषज्ञ)

आफूले पाएको जानकारी सही हो कि होइन भन्ने कुरा जाँच्न

घटनाबारे जानकारी लिन (एनेकडट्स)

मन छुने र अर्थपूर्ण भनाइ जसलाई सुरु, बीच र अन्त्य जहाँ पनि राख्न मिल्छ ।

मानिससँग कुराकानी

 प्रत्यक्ष रूपमा प्रभावित

प्रत्यक्ष रूपमा संलग्न

अप्रत्यक्ष रूपमा प्रभावित

अप्रत्यक्ष रूपमा संलग्न

संलग्न नभएका तर थाहा पाएका

सरकार वा पब्लिकका तर्फबाट त्यस्ता घटना वा समस्या हेर्ने जिम्मेवारी पाएका

मानिससँग कुराकानी

भविष्यमा प्रभावित हुन सक्ने मानिस

समस्या समाधानमा संलग्न मानिस

समस्या समाधानसम्बन्धी निर्णय प्रभाव पार्न सक्ने मानिस

अन्तिम निर्णयकर्ता

मानिससँग कुराकानी

पहिले भएका यस्ता घटनाबाट प्रभावित मानिस

यस्ता समस्याबारे अनुसन्धान गरेका मानिस

पहिले भएका यस्ता घटनामा कमेन्ट गर्ने मानिस

मानिससँग कुराकानी

प्रत्यक्ष रूपमा प्रभावित मानिसको संगठनका प्रतिनिधि

अनुभवी मानिस

अनुसन्धानकर्ता

निर्णय गरेका

नीति र नियम कार्यान्वन गरेका

यस्तैखालका समस्या भोगेका

मानिससँग कुराकानी

समस्या समाधान भएका फाइदा पाउने मानिस

समस्या सार्वजनिक भएमा फाइदा पाउने

जस्ताको तस्तै अवस्था रहेमा फाइदा पाउने मानिस

मानिससँग कुराकानी

भुक्तभोगी, अनुभवी, अनुसन्धानकर्ता, निर्णयकर्ता आदि भनिएका मानिस साँच्चिकै भुक्तभोगी, अनुभवी, अनुसन्धाकर्ता वा निर्णयकर्ता हुन् कि होइनन् ?

उनीहरूले त्यस विषयलाई नजिकबाट हेरेका छन् कि छ्रैनन् ?

देखिजान्ने हुन् कि सुनिजान्ने मात्र ?

उनीहरूका व्यक्तिगत वा पेसागत स्वार्थ छन् कि ?

सम्प्रदाय, वाद वा अरू कुनै स्वार्थले प्रेरित छन् कि ?

कुराकानी

कुराकानी गर्न जानुअघि पढ्नुहोस ।

पहिले कोसँग कुरा गर्ने भन्ने कुरा थाहा पाउनुहोस् ।

कोट गर्ने कुरा

कुराकानीका सर्त

कुराकानी गर्नुअघि नै कुराकानीका सर्त निर्धारण गर्नुहोस्

अन द रेकर्ड/अफ द रेकर्ड

फलाना/फलानीले भनेको भनेर भन्न नपाइनेगरी

कुराकानी बुझ्नका लागि मात्र

भन्नेको नाम फेरेर (कहिलेकाहीँ मात्र)

कति कुराकानी गर्ने ?

जोन स्याकले भियतनाम युद्धका बेलामा भएको माईलाई नरसंहारबारे विभिन्न मानिसलाई सोधेका १० हजारवटा प्रश्नको जवाफ उतार्दा १ हजार ५०० पेज भएछ ।

यसका आधारमा उनले एकपछि अर्काे लेख लेख्दा कुल १२० पेज भएछ । अर्थात् उनले आफूले भेला गरेका सामग्रीको १४ प्रतिशतमात्र उपयोग गरेका थिए ।

औसतमा आफूले सङ्कलन गरेका सामग्रीको २५ प्रतिशतमात्र उपयोग हुन सक्छ ।

अवलोकन

अवलोकन फिचरको मुटु हो ।

यसले मान्छेको मानसिक अवस्था र घटनाको वातावरण बताउँछ ।

वर्णनात्मक र मन छुने तत्व

अवलोकन

रस (शृङ्गार, वीर, करुण, हास्य, रौद्र, भयानक, वीभत्स, अद्भुत, शान्त)

नेपाली पत्रकारले उब्जाएको नयाँ रस :

अवलोकन

अवलोकन रिपोर्टरबाहेक अरू कसैले पनि गर्न सक्दैनन् ।

डिटेल, दुरुस्त र डेप्थ नोट गर्नुपर्छ ।

आकार, रङ, अवस्थिति, काम र परिणाम, एउटाको काम र अर्काको प्रतिक्रिया, दिशा, अनौठा कुरा ।

अवलोकन

अवलोकन गरेर, स्थलगत अध्ययन गरेर दृश्य वर्णन गरिएको र घतलाग्दा भनाइ राखिएको फिचर त्यसो नगरिएका फिचरभन्दा राम्रो हुन्छ ।

“हाम्रा संवाददाताले तिब्बती शरणार्थीले भोगेका समस्यासम्बन्धका फिचर लेख्दा आफैंले स्थलगत अध्ययन गरेर त्यसलाई सुन्दर बनाएका थिए ।

(note to the correspondent: Gemini News)

exercise

jogimara event

evaluate your information

assess the information you have collected.

make list of information you have to collect.

make GO/NO GO decision.

लेखन

कसले, कसलाई, के गरेको ?

business standard

सूचनाको जाँच

सूचना छनोट

आफूले संकलन गरेका सामग्रीमध्ये एकदमै महत्वपूर्ण जानकारी छान्नुहोस् ।

आफूले लेख्न लागेका फिचरका लागि असान्दर्भिक जानकारीलाई छाडिदिनुहोस् ।

त्यसपछि लेख्न बस्नुहोस् ।

मिहिनेत

पत्रकारले संसारका सबैभन्दा मिहिनेती÷कडा परिश्रम गर्ने मानिसभन्दा कडा मिहिनेत गर्नुपर्छ ।

मिहिनेत

लेखन राम्रो हुनका लाथि केही तत्व हुनुपर्छ ।

लेखेको कुरा स्पष्टसँग बुझिने हुनुपर्छ ।

पढ्नलाई सजिलो हुनुपर्छ ।

ताजा शैलीमा लेखिएको हुनुपर्छ ।

यसले मानिसको मन छुनुपर्छ ।

मिहिनेत

लेख्ने कला सिक्न कडा अभ्यास गर्नुपर्छ । यो काम तपाईं आफैंले गर्नुपर्छ ।

धेरैजसो लेख्ने पेसामा लागेका मानिस थ्याच्च बसेर लेख्नुपर्दा मरेतुल्य ठान्छन् ।

तर, राम्रो सामग्री तयार गर्न नलेखी हुँदैन । धेरै–धेरैपटक नलेखी हुँदैहुँदैन ।

मिहिनेत

अभ्यास नगर्दा चाहिने कुरा फालिन्छ, नचाहिने कुरा राखिन्छ । ण्

अभ्यास गर्दै जाँदा आधा लेखिसकेपछि भएन, फेरि लेख्नुपरयो भन्ने लाग्छ ।

आफैंले लेखेको कुरा पढ्दा यति नराम्रो हुन्छ कि पढ्नुपर्यो भने आधा वाक्यमा पुगेपछि रोकिन्छ ।

मिहिनेत

पढेपछि, लेखेपछि, अभ्यास गरेपछि बाटो देखिन्छ ।

मसलजस्तै हो कलम पनि । दिनैपिच्छे कठोर अभ्यास गर्यो भने बन्छ, गरेन भने बन्दैन ।

अभ्यास गरेपछि गल्ती कम हुन्छ, समय थोरै लाग्छ । सामान्य शब्दले हुने ठाउँमा नबुझिने शब्द राख्ने बानी हट्छ ।

मिहिनेत

लेखन भनेको शब्द थुपार्ने काममात्र होइन । सोचाइ र विचारको सुन्दर घर बनाउने कला हो ।

कवि कविता होस्, कविता कवि होस् ।

भाव भए पो हुन्छ, शब्द थुपारीकन के हुन्छ ?

लेख्नका लागि तयारी

लामो र जटिल खालका लेख लेख्नका लागि योजना बनाउनुपर्छ : पहिले के लेख्ने, त्यसपछि के लेख्ने भनेर ।

यस्तो योजना दिमागमा मात्र बनाएर पुग्दैन, कागजमै उतार्नुहोस् ।

एकदमै लम्बेतान योजना चाहिँदैन । मुख्य बुँदा र एउटा बुँदालाई अर्काे बुँदासँग जोड्ने तत्वको नोट बनाए हुन्छ ।

लेखन : स्पष्टता

कुनै शब्द लेख्नुभन्दा पहिले त्यसको अर्थ र हिज्जेबारे थाहा पाउनुहोस । हिज्जे र अर्थ थाहा नभएको शब्द लेख्दै नलेख्नुहोस् ।

तपाईंले लेखेको फिचरको क्रम मिलेको हुनुपर्छ ।

पाठक तपाईंजति जान्ने हुँदैन भन्ने कुरा याद राख्नुहोस् ।

निश्चित मानिसले मात्र बुझ्नेखालका शब्द सकेसम्म नराख्नुहोस् । राख्नै परेका खण्डमा तिनको व्याख्या गरिदिनुहोस् ।

लेखन

याद गर्नुहोस

वाक्य छोटा र स्पष्ट हुनुपर्छ ।

अरूले चलाइसकेको शैली होइन, नयाँ शैली अपनाउनुपर्छ ।

राम्रो लेखक आफ्नो लेख दोहोर्याइ/तेहेर्याइ लेख्न मन पराउँछन् । आफ्नो लेख कथाजस्तै सललल बगेको होस् भन्ने चाहन्छन् । औपचारिकखालका भाषामा नलेख्नुहोस् ।

राम्रो लेखकले नयाँ शैली र नयाँखालको तरिका अपनाउँछन् । यसो गर्नु भनेको लेख अझ राम्रो र पठनीय बनाउनु हो ।
straitjacketing our thought in a vague vocabulary dreamed up in western universities. Its crime.

 लिड अर्थात सुरुवात

एकदमै राम्ररी सुरु भएको फिचरले तुरुन्तै मान्छेको ध्यान तान्छ । लिड राम्रो भएका खण्डमा फिचर छापिन्छ ।

सुरुवात

राम्रा लेखकले लिड लेख्ने बेलामा अत्यन्त धेरै समय र सिर्जनात्मक ऊर्जा खर्च गर्छन् किनभने यो फिचरको सबैभन्दा महत्वपूर्ण भाग हो । यसले पाठकलाई फिचर पढ्न हौसला दिन्छ र फिचरबारे संकेत दिन्छ ।

लिड

छोरी मार्नेको उदाहरण पढ्न लगाउने ।

नट ग्राफ

लिडभन्दा तुरुन्तै तल लेखिने यो वाक्य वा प्याराग्राफले फिचरको मुख्य बुँदाबारे बताउँछ ।

नट ग्राफ

छोरी मार्ने बाबुको उदाहरण दिने ।

मूल पाठ

राम्रो लेखकले फिचर सललल बगेको बनाउन एउटा बुँदाबाट अर्काे बुँदामा जाँदा पाठकलाई सजिलो बनाउनुपर्छ भन्ने कुरा ख्याल गर्छन् । राम्रा लेखकले आफ्नो फिचर पढ्ने पाठकले आफ्नो फिचरका एक–एक शब्द पढोस्, कुनै पनि शब्द नछुटाओस् भन्ने कुरामा ध्यान दिन्छ ।

मूल पाठ

बुँदा

एउटा पक्षलाई एक ठाउँमा राख्नुहोस् । अर्थात् एकैखालका जानकारीलाई एकैठाउँमा राख्नुहोस् ।

एउटा बुँदाबाट अर्काे बुँदामा जाँदा सजिलो बनाउनुहोस् ।

आवश्यक परेमा घटनाको समयक्रम पनि राख्न सकिन्छ ।

कसैलाई आरोप लगाएको छ भने त्यस्तो आरोप लगाउनेबित्तिकै उसका विचार राखिदिनुहोस् ।

मूल पाठ

कहिलेकाहीं प्राविधिक लेखनको तरिका अपनाएर पनि जटिल कुरा वा वाक्यलाई सरल बनाउन सकिन्छ ।
भन्सारमा तीन किसिमले राजस्व छलिन्छ :

१. थोरै सामानको भन्सार तिरेर धेरै सामान छिराएर

२. धेरै भन्सार दर भएको सामानलाई थोरै भन्सार दरको देखाएर

३. बढी मूल्यको सामानलाई कम मूल्यको देखाएर

 फिचर किन छापिँदैन ?

फिचरमा चाहिने जानकारी छैन ।

फिचरमा राखिएका कोट जस्ताको तस्तै छैनन् । लेखकले तिनलाई बिगारेर राखेको छ । जस्ताको तस्तै कोट राम्रा, पढुँपढुँ लाग्दा हुन्छन् ।

विश्लेषण चाहिने ठाउँमा विश्लेषण गरेको हुँदैन ।
 फिचर किन छापिँदैन ?

फिचरमा जानकारीको स्रोत नखुलाई नहुने ठाउँमा स्रोत खुलाइएको हुँदैन ।

फिचर बेलामा पठाएको हुँदैन ।

फिचरको लेखाइ झुर छ । त्यसलाई छाप्नयोग्य बनाउन सम्पादकले अति धेरै मिहिनेत गर्नुपर्छ । अर्थात् फिचर लेखकको काम पनि सम्पादकले नै गरिदिनुपर्छ ।

फिचर राम्रो हुन आवश्यक गुण

सन्तुलित

राम्रा, घतलाग्दा, दमदार कोट भएका ।

तथ्य, तथ्यांक र दाबीको स्रोत उल्लेख भएका ।

फिचरको सन्दर्भ बुझाउन चाहिने पृष्ठभूमि जानकारी भएका ।
फिचर राम्रो हुन आवश्यक गुण

समयमै पठाइएका

पुरानो विषय भए त्यसमा नयाँ एंगल भएका

आवश्यकताअनुसार तथ्यांक र फोटो भएका, चार्ट र नक्सा बनाउन चाहिने जानकारी दिइएका ।

फिचर राम्रो हुन आवश्यक गुण

शंका लागेका हरेक ठाउँमा शंका निवारण गरेरमात्र लेखिएका ।

तथ्यांकको जाँच गरिएका ।

तथ्यांक प्रस्तुत गर्दा तिनको व्याख्या गरिएका वा सन्दर्भ खुलाइएका ।
(गलत अर्थ नलागोस् भन्नका लागि यसो गर्नुपरेको हो ।)

समय सान्दर्भिक ।

राम्रोसँग अध्ययन गरेर लेखिएका ।

निष्पक्ष वा सबै पक्ष समेटिएका ।
फिचर राम्रो हुन आवश्यक गुण

एकथरि मानिसले मात्र बुझ्नेखालका शब्द÷शब्दावली नभएका । त्यस्ता शब्द राख्नैपर्ने भएमा व्याख्या गरिएका ।

उपयोगी सल्लाह

insert kantipur article

उपयोगी सल्लाह

insert

सम्पादनको महत्व

‘यसलाई अझै एकपटक कोही भाषा जान्नेलाई पनि हेर्न लगाउँ । पुस्तकले अझै भाषा–परिष्कार पाओस्’ भन्ने विचार भयो । पाण्डुलिपि डाक्टर ईश्वर बराललाई दिएँ । त्यो उनको कार्यक्षेत्र डिल्ली पुग्यो र एक वर्षपछि फर्केर मकहाँ आयो । अब त प्रेसमा दिने भएँ भन्ने प्रसन्नतासाथ पाण्डुलिपि खोली पाना पल्टाउँदा, हेर्दा त्यसलाई नयाँ कला–रचना (न्यु पेन्टिङ) का रूपमा पाएँ, दर्शन गरें ।

सम्पादनको महत्व

पाण्डुलिपिका अनेकन पानाका दुवै छेउका मार्जिन, तल र माथिका खाली ठाउँमा साना ठूला, लामालामा वक्तव्य, विवादी व्याकरण मान्यता, सिद्धान्त रातो मसीले लेखिएका थिए । अझ अनेकन ठाउँमा भूतप्रेत ख्याकका आकृति, टाउका इत्यादि पनि चित्रित थिए । प्रेसमा पठाउनै नहुने गरी पाएको त्यसको विरूप रूप हेरेरै हतास भएँ । केही दिनसम्म त्यसै बसिरहें, फेरि जाँगर सँगालें । उत्साह जगाएँ । मनलाई तयार सन्नद्ध पारी कम्मर कसेर बसें ।

निवेदन

भवानी भिक्षु आगत उपन्यास (५९८ पेजको उपन्यास)

सम्पादनको उदाहरण

Go to folder: CIJ book for web/khoj patrakarita/editing

‘भूपी’ शेरचन !
केही लेख्छन्
यसो हेर्छन्
चित्त बुझ्दैन
अनि केर्छन्
पुनः लेख्छन्
पुनः हेर्छन्
लामो सास फेर्छन्
कठैबरा, बिचरा
‘भूपी’ शेरचन !
(भूपी शेरचन, घुम्ने मेचमाथि अन्धो मान्छे)

प्रतिक्रिया दिनुहोस्