पहाड चढौं पहिरो छ, मधेस खोलाबाढी


खप्टिरहन्छ दुःखमाथि दुःखको त्यो भारी
पहिरोले तानिदिने कठै ! मेरै घरबारी ।

पहाड चढौं पहिरो छ, मधेस खोलाबाढी
दुखियाको भाग्यमा फुटेको छ हाँडी,
मन बिसाउनी चौतारी कहाँ होला छहारी
पहिरोले तानिदिने कठै ! मेरै घरबारी ।

धरधरी रोऊँ भने सबै भन्छन् लाछी
नरोउँ त मुटु फुट्छ चिरिन्छ छाती,
मेरो दशा रमिता भो हाँस्छन् जोरीपारी
पहिरोले तानिदिने कठै ! मेरै घरबारी ।

कटारी–६, उदयपुर

प्रतिक्रिया दिनुहोस्