‘यो तिम्रो हजुरबाले मलाई दिनुभएको १०० वर्ष पुरानो घडी हो,’ आफू जीवितै हुँदा एक बुवाले छोरालाई भने, ‘म तिमीलाई दिँदै छु । तर, त्योभन्दा अगाडि म यसलाई बेच्न चाहन्छु, कति मूल्य आउँछ भनेर पसलमा सोधपुछ गर।’
छोरा घडी पसलमा पुगे । फर्केर बुवालाई सुनाए, ‘घडी पुरानो छ भनेर पसलेले र५०० सम्म दिने वचन दिए ।
बुवाले छोरोलाई फेरि भने, ‘कफी पसलतिर यसको मूल्य बुझेर आऊ।’ छोरा कफी पसल पुगेर बुझे । कफी पसलेले २०० सम्म दिन्छु भनेछन् ।
बुवाले छोरोलाई फेरि सुझाए, ‘एकपटक संग्रहालयमा पनि गएर घडीको मूल्य बुझ ।’ छोरोले आज्ञा पालन गरे । खुसी हुँदै बुबाकहाँ आएर छोरोले सुनाए ‘संग्रहालयले १० लाख रुपैयाँ दिन्छु भन्यो।’
‘म तिमीलाई यो बताउन गइरहेको थिएँ कि सही ठाउँले मात्र सही तरिकाले महत्त्व दिन्छ,’ अन्त्यमा बुवाले छोरालाई भने, ‘गलत ठाउँमा आफूलाई नखोज । जुन ठाउँमा तिम्रो मूल्य हुँदैन, त्यहाँ आफैंलाई खोजेर क्रोधित नबन। कसैको निर्णय र नतिजाले तिम्रो महत्त्व नगुमोस् ।’
बुवाको भनाइ थियो, ‘जसले तिम्रो महत्त्व बुझ्छ उनीहरूले तिम्रो कदर गर्नेछ। यस्तो ठाउँमा नबस, जहाँ कसैले तिम्रो महत्त्व र मूल्य देख्दैन।’