हौंचुर (खोटाङ) । वरपर जंगल । रहरलाग्दो खेत । अनि लोभलाग्दो थुम्को । थुम्कोमा सिमलको विशाल रूख । सिमलको फेदमै ऐतिहासिक भुमेथान । भुमेथान भन्नबित्तिकै
दुधराज तामाङ ‘निर्मल’ । साबिक खिदिमा गाउँ विकास समिति–६ ढाँडे, निगालेनिवासी निर्मल संवत् २०५६ मंसिरमा नेकपा (माओवादी) पार्टीको पूर्णकालीन कार्यकर्ता बन्दा १८ वर्षका थिए । पूर्णकालीन कार्यकर्ता बनेका उनीसँग जनयुद्धका
दुर्छिम (खोटाङ) । आकाशे रङको कमिज–सुरुवालमा पहिरिएका पञ्चसेर राई पानासोनिक रेडियो भिरेर हाम्रो घर (हलेसी तुवाचुङ नगरपालिका–५, दुर्छिम, डाँडाटोल) आएका थिए । यो संवत् २०२८/०२९ सालतिरको कुरा हो । तर,
सजिलै र शान्तिपूर्ण तरिकाले जनअधिकार प्राप्त नहुने भएपछि जनयुद्धमा लाम लाग्नेको कमी थिएन । राजतन्त्र अन्त्य हुनु र गणतन्त्र ल्याउन उनीजस्ताको त्यागले सम्भव भएको थियो । उनी जनमुक्ति सेनाका ब्रिगेड
चोखाने (खार्तम्छा), खोटाङ । धरान उपमहानगरपालिका मेयरमा निर्वाचित भएपछि हर्क साम्पाङ गाउँ (चोखाने, खार्तम्छा, खोटाङ) आए । धरान उपमहानगरपालिकाको मेयर साम्पाङ गाउँ आएपछि स्थानीय भेला भए । बधाइ दिनेको कमी
बाँझे च्यानडाँडा (खोटाङ) । ‘आपा धनबहादुर राईले यही घरमा हामी आमाछोरालाई छाडेर परदेश जान्छु भनेर हिँडेको रे मछा (ज्वाईं) । त्यतिबेला म पाँच महिनाको मात्रै थिएँ रे । आमाले भन्नुभएको,’
बाँझे च्यानडाँडा (खोटाङ) । साकेला गाउँपालिका–१, बाँझेच्यानडाँडा धुमाको यात्रा । त्यो पनि सपरिवार । काठमाडौं–धुमा (ससुरालीसम्म)को यात्रा अत्यधिक चुनौतीपूर्ण । यात्रामा आठ महिनाकी छोरी रेचिमा किरातीसमेत थिइन् । संवत् २०८१
‘प्रत्येक नेपाली आत्मनिर्भर भएको देख्ने, सुन्ने रहर छ,’ केपिलासगढी गाउँपालिका अध्यक्ष समीर राईको भनाइ छ, ‘भौतिक विकास अपरिहार्य छ । तर, त्यतिले मात्रै समृद्धि आउँदैन । भौतिक निर्माणमात्रै प्राथमिकतामा परेको
बहानेपोखरी (खोटाङ) । ‘म जति वर्ष पुगें नि,’ ऐंसेलुखर्क गाउँपालिका–१, राखा बाङ्देलको बहानेपोखरीमा भेटिएका यलम्बर राईले सुनाए, ‘यो बारी बाँझिएको पनि त्यति नै भयो ।’ ३० वर्षदेखि बाँझिएको बारीमा राईले
‘साबिक दुर्छिम गाउँ विकास समिति अध्यक्षमा निर्वाचित भएँ,’ नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ज्येष्ठ कम्युनिस्ट मञ्च सदस्य कुवेर राईले विगत कोट्याए, ‘संवत् २०५४ जेठमा गाविस अध्यक्ष निर्वाचित भएँ । ०५६
पूर्वसांसद डा. खिमलाल देवकोटा शिक्षक थिए । जागिर छाडेर क्याम्पस पढ्ने निधो गर्दा भन्नेले घरदैलाको जागिर छाडेर गल्ती गर्यो भने । लोकसेवा आयोग पास गरेर निजामती कर्मचारी भए । स्थायी
खार्तम्छा (खोटाङ) । ‘जन भयो,’ ढाल तरवार गढीबाट फर्कंदै गरेका धनप्रसाद विश्वकर्माले दुःख व्यक्त गरे, ‘धनचाहिँ छैन हजुर !’ केपिलासगढी गाउँपालिका–२, खार्तम्छा नागीका विश्वकर्मा २० छोराछोरीका बाबु हुन् । उनले
बाँसपानी (खोटाङ) । धनकुमारी दर्जी (६५) शारीरिक रूपमा कमजोर बन्दै अनुभूति गर्छिन् । पहिले सबै–सबै गर्ने दर्जी हिजोआज कठिन काम गर्न सक्दिनन् । गाउँको बसाइ सजिलो छैन । ‘खन्न हुँदैन
ऐंसेलुखर्क गाउँपालिका–६ ज्यामिरे खोटाङनिवासी जीवन राईको क्यान्सरसँग लड्दा–लड्दै निधन भयो । संवत् २०८० फागुन २१ गते राईले संसार त्यागेको दुःखद खबर सामाजिक सञ्जालमार्फत सार्वजनिकपछि उनीसँग बिताएको पल झलझली सम्झें ।
हलेसी आफैंमा त्रिधार्मिक स्थल । किरात, हिन्दु र बौद्ध धर्मावलम्बीको संगम स्थलका रूपमा स्थापित । सांस्कृतिक तथा धार्मिक पर्यटकीय स्थलका रूपमा लोभलाग्दो पवित्र स्थल । प्राकृतिक स्रोत–साधनयुक्त हलेसीजस्तो त्रिधार्मिक स्थल
‘त्यही ढुंगामा उभिएर अशुभ खबर सुनाउनुपर्छ,’ केपिलासगढी गाउँपालिका–३, खोक्मा, बाँसपानीका शिव राईले जानकारी गराए, ‘अरू ठाउँबाट सूचना प्रवाह गर्न मिल्दैन । यो अनिवार्य सर्तजस्तै हो ।’ बाँसपानीको खकलुङ खोक्मामा बसोवास
फेदी (खोटाङ) । कलात्मक ढुंगे गुफा । झन्डै ५०० मिटर लम्बाइ । गुफा प्रवेश गर्दा निहुरिनुपर्ने । अलि पर पुगेपछि उभिएरै हिँड्न मिल्ने । उभिएरै गुफा वारपार गर्न सकिने स्थानीयको
मान्छे एक, नाम अनेक किरात राई चाम्लिङको संस्कारमा ‘न्वारान’को विशेष महत्व छ । नामकरणपश्चात् मात्र मानवको दर्जा पाइन्छ भन्ने मुन्दुमको वर्णनमा आउँछ । त्यसपछि माया गरी घरमा बोलाउने नाम, गाउँमा
खोटाङको हलेसी तुवाचुङ नगरपालिका वडा नम्बर ५ दुर्छिम । अर्थात् साबिक दुर्छिम गाउँ विकास समितिमा छालाकुखोला नामक सांस्कृतिक थलो छ । चाम्लिङ राई भाषामा माइतीलाई ‘छालापा’ भनिन्छ । किराती पुर्खा
खार्तम्छा (खोटाङ) । तापखोला अविरल बगिरहेको छ । खोला कहिले धमिलो बग्छ । कहिले सङ्लो । यो प्राकृतिक नियम हो । बग्नु उसको धर्म । हतेवा–चोखाने जोड्ने पुल गत वर्षको