सोह्र वर्षपछि मेरा आँखामा फर्किएको छ, त्यो ज्वाला जसको रापले कुनै दिन डढेको थियो कालो संविधानको पुस्तक । सोह्र वर्षपछि फेरि युद्धबन्दी छ दिमागको किल्ला
आदिवासीको सूचीमा पर्छ तिम्रोे नाम भिखारीदास सदा । हुनुपर्ने हो तिम्रै हातमा तराईको यो शस्य–श्यामल भूमि तर तिम्रो काँधमा खर्पन र हातमा फगत कोदालोसिवाय केही छैन तिम्रो सम्पत्तिको नाममा ।
खेत खन्न छाडेर भाँडा माझ्न छाडेर गिट्टी ओसार्न छाडेर मानिसहरू जात्रा भर्न निस्किसके स्कुल छाडेर कार्यालय छाडेर कारखाना छाडेर मन्दिर छाडेर मस्जिद छाडेर गुम्बा छाडेर मानिसहरू जात्रा भर्न निस्किसके गरिराखेका
लक्ष्मनियाँ ! तिमी लक्ष्मी हौ घरकी तिमी इज्जत हौ कुलकी तिम्रो बाबुको, तिम्रा दाजुभाइको सिंगै खानदानको नाक उनीहरूको अनुहारमा होइन तिम्रै आचरणमाथि अडेको छ ! साँच्चै बुझ तिमी इज्जत हौ
म इतिहासको नदी भएको छु म धर्मचक्र, युद्धले गाडिएको छु हो, यो कुरा अतीतको अजातशत्रु र विम्बसारको युद्धको कथा शंकराचार्यले जलाएको बौद्धग्रन्थको कथा म पाण्डुलिपि मानिसहरूको रगतैरगतले बिटुलिएको त्यो खड्ग
गुब्बे या गुब्बारा । मैले बोलाउने उसको नाम यही थियो । उसको बाउको नाम के थियो कुन्नि । तर सबैले उसलाई टंकी भनेर बोलाउँथे । मैले सुरुमा अनुमान लगाएको थिएँ,
मेरो रातो रगत मानिसको पवित्र रातो रगत नीलो पसिनाको बूँद बनेर जब झर्दछ तिमी आफ्ना नरम अञ्जुलीहरूमा आली लगाएर थाप्दछौ । जब म त्यो श्रमको सुवासयुक्त पसिना सुँघ्न खोज्दछु तिमी
तातो हावाको झोंक्काले फर्फराउँछ पराजित मुलुकको झन्डाजस्तो दसनीको लेहङ्गा । धेरै चोट सहिसक्यो धेरै रगत बगाइसक्यो धेरै बलात्कार खपिसक्यो जमिनदारको बाँझो खेतमा धेरै कुलो लगाइसक्यो घामपानीको मारले जति मधुरो देखिए
रेडियोले कैयौं दिनसम्म प्रसारण गरिरह्यो प्रमुख समाचारमा कमैया–मोचनको घोषणा । टीभीले कैयौं दिनसम्म प्रदर्शन गरिरह्यो भद्रकालीको धर्नास्थलबाट खुसियालीमा निस्केको कमैयाहरूको उत्साही जुलुस । त्यही जुलुससँगै नांगो खुट्टा सडकमा हि“डिरहेका दुःखीराम
सहिद निस्केको सुरुङलाई आगोले खाएको छ सुरुङको अस्तुलाई दन्तकिच्चा नदीले बगाएको छ फरिकामा झुन्डिएको चोलोमा पुराना दिनहरू छन् चोलोमा रहेको थैलीभित्र तारिखका पर्चाहरू छन् मुद्दाको किनाराबाट एउटा तरवार निस्केको छ
बेचेर मनको जग्गा, र घर हासिल गरेकै हो खाएर अनेकौं दुःख, हन्डर हासिल गरेकै हो, आज उसले धोका दिँदा केही गर्न सकिएन हुन त प्रेममा स्नातकोत्तर हासिल गरेकै हो ।
तिम्रो याद भुल्नै, गाह्रो भइदियो । जब हाम्रो प्रेम, मैझारो भइदियो । ऋणमै थापेको थिएँ प्रेम पसल । त्यो पनि सब, उधारो भइदियो । कोमल मुटुले कमाएको सम्बन्ध । ढुङ्गाभन्दा
‘कुन मूर्खले परिभाषित गर्यो इतिहासमा ‘साथी फेर्न सकिन्छ छिमेकी फेर्न सकिन्न’ म यो परिभाषा परिवर्तन गर्न चाहन्छु वर्तमानमा ।’ कवि कृसु क्षेत्रीले आठौं कृति ‘चराको गीत’मार्फत प्रजातन्त्र, स्वतन्त्रता र नवनिर्माणको
१ लज्जावती झारलाई आज पटक–पटक छुँदा पनि लजाइन मैले सोधें कारण उसले भनी– अब लाज भन्ने शब्द नै रहेन । २ एउटा सन्की वादशाह नाङ्गै दौडिरह्यो सडकमा यात्रीहरूका बन्द थिए
मोहन ट्वाल्ल परेर हेरिरहको थियो । आमा, असारी हिजो तयार पारेको भारीमा लैजान छुटेको सामान लगाउँदै थिई । मोहनलाई अनुमान त थियो कि अब कतै जानुपर्छ भनेर । तर, उसलाई
एक्काइसौं शताब्दीको एक दिन लोकतन्त्रको सादा ऐनाअगाडि उभिएको रामभरोस अचानक आहत भयो र चाल्र्स डार्बिनको चौथो अनुहार खोई ? खोई एउटा मानिस पृथ्वीको ? समयको यति लामो, क्रूर र छली
ए, घोमपाल कहाँ गयो त्यो सरस बचपनको स्वप्नमय सुन्दर संसार अचेल कुन दुःखको गाउँमा छौ ? माछालाई माझीको नयाँ जालजस्तै प्रत्येक साल माघीमा नयाँ जिम्दार फेर्दै बुढान पुग्यौ कि अझै
जदौ हजुर । मालिक अलिक टाढै बस्नूस् नाउँ लक्ष्मी, आमाबाकी एउटी छोरी न जेठी न कान्छी न ठूली न सानी गरिबको घरमा बत्ती बलेकी थिएँ, हजुर बत्ती । तर, कर्मको
जुनसुकै देशको जतिसुकै अग्लो डाँडाबाट जतिसुकै सेतो परेवा उडाए पनि दिउँसै खुला आकाशमा चीलले परेवाको सिकार गर्छ …र चील १ अमेरिकाको राष्ट्रिय पक्षी हो ।
यो गाउँको नाम रामगढवा हो यहाँ एक दिन बिताउने मौका पायौ भने तिमीलाई थाहा हुनेछ यो गाउँ र सुक्खाले खाएको खेतमा कति समानता छ सखारै यो गाउँ व्युँझन्छ खेतमा जान्छ