ऋणमै थापेको थिएँ प्रेम पसल


तिम्रो याद भुल्नै, गाह्रो भइदियो ।
जब हाम्रो प्रेम, मैझारो भइदियो ।

ऋणमै थापेको थिएँ प्रेम पसल ।
त्यो पनि सब, उधारो भइदियो ।

कोमल मुटुले कमाएको सम्बन्ध ।
ढुङ्गाभन्दा पनि, साह्रो भइदियो ।

सजिलो खोज्दै हिँड्ने एक यात्री म ।
मेरै यात्रा आज, अप्ठ्यारो भइदियो ।

प्रतिक्रिया दिनुहोस्