झापा र मोरङमा बसोवास गर्दै आएका आदिवासी समुदायमध्ये एक धिमाल हुन् । धिमाल समुदाय आफ्नै भाषा, मौलिक पहिचान, जीवनशैली, भेषभूषा, लोकधर्म र संस्कृतिले सुसज्जित छ
जिल्लाको हिलिहाङ गाउँपालिका–७, माझीटारका २२ परिवार माझी समुदायले दुई वर्षदेखि खेती लगाउन पाएका छैनन् । निर्माणाधीन तमोर करिडोर सडक निर्माणक्रममा कुलो भत्किएपछि खेतमा सिँचाइको वैकल्पिक प्रबन्ध नहुँदा माझी समुदायले खेती
चितवनको इच्छाकामना गाउँपालिका–५ मरक्यानाकी शिला चेपाङ शिक्षित छैनन् । चेपाङलाई गाउँमा विकास भएको हेर्ने तीव्र इच्छा छ । सडक, बिजुली, नजिकै विद्यालय सञ्चालनमा ल्याएर गाउँका बालबालिका पढाउन पाए हुन्थ्यो भन्ने
घोराही उपमहानगरपालिकाभित्र बसोवास गर्ने कुल जनसंख्याको २४ प्रतिशत जनसंख्याले थारू भाषा बोल्छन् । अन्य भाषाको तुलनामा सो भाषा बोल्ने धेरै छन् । सोही कारण उपमहानगरपालिकाले थारू भाषालाई अहिले प्राथमिकतामा राखेको
जनआस्था साप्ताहिकसँग नजोडिए पनि संवत् २०५७ मा मैले लेखेको ‘कोदोको झोल र फोटोको खोल’ शीर्षाकृत समाचार प्रकाशित भयो । समाचार लेखेको महिना दिन बित्दासमेत समाचारका पात्रहरूले पाठकपत्रसम्म लेखेनन् । पाठकपत्र
पोखरा (कास्की) । मुलुकमा ठुल्ठूला परिवर्तन भए पनि कालीगण्डकी नदीकिनारमा रहेको कुमाल बस्तीमा अहिले पनि ‘खाए मकै, नखाए भोकै’ भन्ने उखान चरितार्थ हुँदै आएको छ । तनहुँ जिल्लाको दक्षिणी भेग
अन्टार्टिकाबाहेक संसारका ११३ देशमा धानखेती गरिन्छ । नेपालका हिमाल, पहाड र तराईमा धान फलाइन्छ । झापाको केचनाकलनदेखि ३,००० मिटर उचाइमा रहेको जुम्लाको छुमचौरसम्म फल्ने धानको महिमा र महत्व घटेको छैन
कुश्मा (पर्वत) । मानिस व्यस्त रहनु उसको सफलताको सुरुवात हो । शिक्षण पेसाबाट मात्र नभएर, बिहान बेलुकाको समय कृषिमा रमाउन थालेका शिक्षक रामकृष्ण रेग्मी शिक्षण पेसाबाट मात्र तृप्त हुन सकेनन्
भोजपुरबाट इटहरी (सुनसरी) झरिन् । क्याम्पस पढ्न इटहरी झरेकी उनी त्यहाँ २४ महिना रहिन् । प्रवीणता प्रमाणपत्र तह दोस्रो वर्षको परीक्षा सक्नासाथ काठमाडौं पसिन् । भोजपुरबाट इटहरी हुँदै काठमाडौंसम्मको यात्राले
गायिका ममता राईले व्यावसायिक रूपमा गीत गाउन थालेको १० भयो । संवत् २०६७ देखि व्यावसायिक रूपमा गीत गाउन थालेकी गायिका राईले १० वर्षमा दुई गीतिएल्बम सार्वजनिक गरिसकेकी छन् । ‘ममता
सात कक्षा पढ्दै गर्दा जापान जाने मौका पाइन् । १० कक्षा पढ्दै गर्दा बेलायत पुगिन् । चाहँदा उतै भविष्य खोज्न सक्छिन् । तर, नेपालमै केही गरौं भन्ने दृढइच्छा छ ।
नायिका शुभेच्छा थापाले आफ्नै लगानीमा निर्मित फिल्ममा मात्रै ‘लिड रोल’ मा अभिनय गर्दै आएकी छन् । नायिका थापाले आफ्नो ‘ब्यानर’ बाहेकका चलचित्र निर्माता तथा निर्देशकले नपत्याएर अभिनय गर्ने अवसर नपाएको
‘हाम्रोमा घाँस, दाउरा र पानीको साह्रै दुःख छ,’ पहिलोले दुःखेसो पोखे, ‘घाँस, दाउरा त यताउता गर्न सक्थ्यौं । तर, पानी छैन ।’ ‘हाम्रोमा घाँस, दाउरा, पानी सबै–सबैको सुविधा छ,’ दोस्रोले
संवत् २०५९ माघमा सरकार र माओवादीबीच भएको युद्धविरामको सम्झौताले अछामका पत्रकार दीपक थापालाई ठूलो राहत दियो । दुई महिनादेखि आफ्नै घरमा माओवादीद्वारा नजरबन्दी बनाइएका थापा स्वतः मुक्त भए । ०५९
सदीयौंदेखि महिला चुलोचौकाबाट अपहेलित र उत्पीडनमा पर्दै आएको इतिहास मेटिएको छैन । पितृसत्तात्मक सोचले ग्रसित हाम्रो समाजमा पुरुषको तुलनामा महिला प्रत्येक क्षेत्रमा पछाडि परेका छन् । सामाजिक लिंगभेदको मनोदशामा रुमलिएको
बाहुनीडाँडा (खोटाङ) । बाहुनीडाँडा कदुवाका फौदसिं कार्कीले पाँच सय बोट केरा रोपेको थुप्रै भयो । कार्कीको केरा बगानमा दैनिक एक सयदेखि डेढ सय कोसा केरा पाकिरहेका हुन्छन् । लसी व्यापारीसमेत
संवत् २०७० देखि सक्रिय रूपमा तात्कालिक एमालेबाट राजनीति थालेका निरजमानसिं बस्नेत हलेसी तुवाचुङ नगरपालिकाकै कान्छो वडा सदस्य हुन् । २०४८/०८/२५ मा हलेसी तुवाचुङ नगरपालिका–७ हलेसीमा जन्मेका ७ नम्बर वडा सदस्य
‘सरी’ भविन्द्र दाइ । समयमा आलेख उपलब्ध गराउन सकिनँ । यो हरफ सुरु गर्न केहीपटक ढाँटेको छु । मैले यो किन भनिरहेको छु भने ‘दिएको जिम्मेवारी तोकिएको समयमा पूरा नगर्नु’
‘इन्द्रेणी सपना थिएन,’ कलाकार सीमा चाम्लिङ राईले तुवाचुङ डटकमलाई सुनाइन्, ‘कलाकार बन्नेबाहेक अर्को सपना देखेकी थिइनँ ।’ कलाकार बन्ने सपना पूरा गर्न गाउँघरमा सम्भव थिएन । सपना विपनामा परिणत गर्न