हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान खोटाङमा रहेको ककनीडाँडामा बुङालुङ (रक गार्डेन) बन्न लागेको छ । ५६ रोपनी क्षेत्रफलमा ढुंगेबगैंचा बन्न लागेको हो । ५ करोड रुपैयाँमा
गएको शरदयाम मेरा दसजना साथीसँग नेपाल गएँ । हाम्री गुरुआमा हरिताजी पनि हामीसँगै गएकी थिइन् । एक हप्तापछि उनी चीन फर्किन् । हामी विद्यार्थीले भने एक वर्षसम्म नेपालमा बसेर नेपाली
नेपाल एउटा सुन्दर देश हो । यो सुन्दर देशमा नेपाली भाषा सिक्न पाउँदा मलाई धेरै खुसी लागेको छ । नेपालमा जाँदा सुरुमा हामीलाई अलि–अलि गाह्रो भएको थियो । किनभने हाम्रो
मैले अघिल्लो २०१९ जुलाईदेखि २०२० जुलाईसम्म नेपालमा बिताएँ । चीनको युनान मिन्चु विश्वविद्यालयबाट एक वर्ष नेपाली भाषा पढ्नका लागि हामी १० जना चिनियाँ विद्यार्थी त्यहाँ गएका थियौं । हामीले त्रिभुवन
‘राजनीतिमै भविष्य खोज्दै छु,’ हलेसी–तुवाचुङ नगरपालिका उपप्रमुख बिमला राईले दाबी गरिन्, ‘नीति निर्माण तहमा पुग्दा आफ्नोमात्रै होइन, अरूको समेत भविष्य उज्यालो बनाउन सकिन्छ ।’ आफ्नोमात्रै नभएर अरूको समेत भविष्य उज्यालो
इतिहासकार बाबुराम आचार्यले पृथ्वीनारायण शाहको जीवनी लेख्दा चतमे राय र अटल रायको चर्चा गरेका छन् । यी दुईजनाको नेतृत्वमा माझकिरातका किरात राईहरूले गोरखाली सेनाविरुद्ध लडाइँ गरेका थिए भन्ने कुरा धोकलसिंह
माइती नेपाल एक सामाजिक संस्था हो । यसले बेचिन लागेका र बेचिएका चेलीलाई उद्धार र अनाथ बालबालिकालाई संरक्षण गर्छ । माइती नेपालको स्थापना सन् १९९३ मा भएको हो । सुरुमा
बिहान उठेर हिजोको बाँकी दैनिकी लेख्दै थिएँ, समय गुज्रेको पत्तै भएन । नुहाइ–धुवाइ गर्दा थप समय गयो । आज बिहानको खाजा नखाईकन हिँड्नुपर्ने भएकाले नेपालबाटै ल्याएको सातु र पानी घोलेर
हिजोआज पाँच रुपैयाँमा कालो चिया (ब्ल्याक टी) सम्म आउँदैन । तर, आजभन्दा ७५ वर्षअघि त्यही ५ रुपैयाँमा (हेर्नुहोस् तस्बिरको) घर बन्थ्यो । सुन्दा अचम्म लाग्छ । तर, यो सत्य हो
मञ्जुश्रीको आगमनपहिले काठमाडौं उपत्यका ताल हुनाले उनीभन्दा पहिले त्यहाँ बस्ती असम्भव थियो भन्ने कुरा उठ्नु स्वाभाविक हो । यो कुरा साँच्चै जस्तो भए पनि वास्तवमा साँचो होइन । मञ्जुश्री नेपाल
‘कार्टुनलगायतका रमाइलो लाग्ने चित्र मास्कमा राख्दा बालबालिकाले मास्क लगाउन त्यो मन पराउँछन्,’ जनस्वास्थ्य विशेषज्ञ डा. रवीन्द्र पाण्डेले भने, ‘किशोरकिशोरीका लागि फेन्सीखालको छुट्टै डिजाइनको मास्क रुचिकर हुन सक्छ ।’ विश्वव्यापी रूपमा
‘लिखितं पूर्वै नं ३ नम्बर, मौजै थुं हलेसी माझ किरात’ लगभग एक सय वर्षअघि व्यावहारिक लिखतमा समेत यसरी लेखिने/चिनिने च्यास्मिटार हिजोआज हलेसी तुवाचुङ नगरपालिकाको वडा नम्बर ३ भएको छ ।
सधैंझैं बिहान उठेर लेखपढ गरें । कोठाको झ्यालबाट बाहिर चिहाएर हेर्दा सडक सुनसान थियो । सखारै ४ बजेदेखि ७ः१५ सम्मको समय लेखपढ, व्यायाम र सरसफाइमा बित्ने गरेका छन् । बिहान
खोटाङको उत्तर–पश्चिममा साबिक सल्ले गाउँ विकास समिति रहेको छ । हलेसी तुवाचुङ नगरपालिकाको ११ वडामध्ये सल्ले पनि एक हो । साबिक सल्ले गाविस अहिले हलेसी तुवाचुङ नगरपालिकाको ९ नम्बर वडा
बिहानभरि सिमसिम पानी पर्यो । निथु्रक्कै भिज्यौं । जंगली झारले कोरेर जिउ पोल्न र चिलाउन थाल्यो । सुनकोसी किनारैकिनार चार घन्टा हिँड्दा पनि पिउनेपानी पाइएन । तिर्खा निकै लाग्यो ।
झापाका १५ वटा स्थानीय तहमध्ये अर्जुनधारा नगरपालिका कछुवा संरक्षित नगरका रूपमा चिनिएको छ । विश्वमै अतिसंकटापन्न अवस्थामा रहेको कछुवालाई करिब आठ वर्षअघिदेखि उद्धार गरेर संरक्षण सुरु गरेका कारण नगरपालिका
साल्तेम्मा हलेसी–तुवाचुङ नगरपालिका–५ दुर्छिममा पर्छ । तात्कालिक दुर्छिम गाउँ विकास समिति वडा नम्बर १ मा पर्ने साल्तेम्मा नामकरणबारे दुई किंवदन्ती प्रचलित छन् । पहिलो किंवदन्तीअनुसार, परापूर्वकालमा साल्तेम्माको सिरानमा रहेको
हिजोआज ४० काटेका सहरिया मानिसलाई उच्च रक्तचाप, मधुमेह तथा अन्य रोगले समात्नु सामान्य भइसकेको छ । उल्लिखित रोगबारे समयमै सही ज्ञान प्राप्त गरी निरन्तर निगरानी गरिराख्न क्लिनिक तथा अस्पताल धाइरहनुपर्ने
दस वर्षअघि सोताङ सोलुखुम्बु पुग्ने मौका मिल्यो । काठमाडौंबाट पंक्तिकारसहित राष्ट्रगान लेखक व्याकुल माइला, वीरबहादुर राई, गायिका पार्वती राई, भद्रगोल किराती, चन्द्र वाम्बुले, गायक पूर्ण खालिङ, गौतम सागर राई, राज
बिहान सबेरै उठेर गोविन्द भट्टराई र म टहल्न गयौं । रेनमिन विश्वविद्यालयका हाताभिका सडक, गल्ली, भवन, रेष्टुरेन्ट, होटल, खेलमैदान, सभाभवन, पसल र त्यसको विशालता हेर्दा यो एउटा अलग सम्पन्न सहरजस्तो