नेपाली भाषा र नेपालबारे जान्ने मौका



गएको शरदयाम मेरा दसजना साथीसँग नेपाल गएँ । हाम्री गुरुआमा हरिताजी पनि हामीसँगै गएकी थिइन् । एक हप्तापछि उनी चीन फर्किन् । हामी विद्यार्थीले भने एक वर्षसम्म नेपालमा बसेर नेपाली पढ्यौं ।

सुरुमा हामी नेपालका हरेक कुराबारेमा उत्सुक थियौं । हामी नेपालको विमानस्थलमा और्लियौं । नेपालको विमानस्थल सानो छ । तर, त्यहाँका कर्मचारी भने राम्रा छन् । उनीहरूले हामीलाई धेरै सहयोग गरे । हामी होटलमा बस्यौं । हामीले स्थानीय खाना खायौं । खाना मीठो लाग्यो । केही दिनपछि म र पाँचजना साथी एउटा घरमा बस्यौं । हाम्रा घरबेटी धेरै राम्रा थिए । उनले हामीलाई सिरक डस्नाको खोल दिए ।

एक हप्तापछि हाम्रो कक्षा सुरु भयो । हामी त्रिभुवन विश्वविद्यालयको विश्व भाषा क्याम्पसमा पढ्न थाल्यौं । हामीले एक दिनमा चारवटा कक्षा पढ्नुपथ्र्यो । एउटा अंग्रेजी भाषा र तीनवटा नेपाली भाषाका कक्षा थिए । हाम्रा गुरु र गुरुआमाले हामीलाई धेरै कुरा सिकाए । हामीले उनीहरूलाई इज्जत दियौं ।

बिदामा म, मोहिनी र लक्ष्या पोखरा गयौं । पोखराको दृश्य एकदमै आकर्षक छ । त्यहाँको हावा स्वच्छ छ । हामीले धौलागिरि, माछापुच्छ«े आदि हिमाल देख्यौं । धेरै तस्बिर खिच्यौं । पोखरा हामीलाई धेरै रमाइलो लाग्यो । यो नेपाल बस्दाको राम्रो अनुभव हो ।

नेपाल बस्दाका केही नराम्रा अनुभव पनि छन् । नेपालको यातायात राम्रो छैन । सडक पनि अलिक सानो छ । धेरै भीडभाड हुन्छ । समस्या धेरै छन् । काठमाडौंमा धूवाँ र धूलो धेरै छ । त्यसैले बाहिर जाने बेलामा मास्क लगाउनुपर्छ । सानो बसमा धेरै मान्छे बस्छन् । त्यसले बसभित्र सुरक्षाका लागि त्यति राम्रो छैन । बसभित्रको हावा पनि त्यति राम्रो छैन । मलाई विश्वास छ, नेपालको यातयात र काठमाडौंमा चाँडै विकास हुनेछ ।

नेपाल बस्दाका यस्ता केही समस्या भए पनि त्यहाँ बस्दा धेरै रमाइलो भयो । म नेपाली भाषा सिक्ने विद्यार्थी हुँ । म नेपाली भाषा सिक्नका लागि नेपाल गएकी हुँ । मैले नेपाली भाषा र नेपालबारे धेरै कुरा सिकें । भविष्यमा म फेरि नेपाल जानेछु ।

(लेखक चीनको कुन्मिङस्थित युनान मिन्चु विश्वविद्यालयमा स्नातक तहको अन्तिम वर्षकी छात्रा हुन् । उक्त विश्वविद्यालयमा स्नातक तहमा ऐच्छिक विषयका रूपमा नेपाली भाषा पनि पढाइन्छ । लेखक ऐच्छिक नेपाली विषय पढ्ने छात्रा हुन् । त्यहाँ नेपाली ऐच्छिक विषय पढ्ने विद्यार्थीले चारवर्षे स्नातकका क्रममा एक वर्ष त्रिवि, विश्व भाषा क्याम्पसमा पनि पढ्नुपर्छ । त्यहीक्रममा लेखक एक वर्ष नेपाल बसेकी थिइन् ।)

 

 

प्रतिक्रिया दिनुहोस्