अब एउटा नयाँ किताब लेखिँदै छ मानिसहरू भन्दै छन् राजाको जुँगावाला टोपीले शिर उठाउने छैन रानीको कुटील मुस्कान कतै पोतिने छैन युवराजका कामुक ठट्टाहरूको विवरण
राजा पृथ्वीन्द्र रानीवनमा सिकार खेल्दै थिए । उनले झाडीमा परैबाट सेता रौंमात्रै देखे । बाघ, भालु वा कुनै जनावर भन्ठानेर निशाना साँधिरहेका थिए । उनको वाणमा डाँफे चरी आएर बस्यो
काठमाडौं । कोभिड–१९ संकट व्यवस्थापन सञ्चालन केन्द्रले महामारीका समयमा अत्यावश्यक सेवा लिन अपनाउनुपर्ने प्रक्रिया र टोल फ्री नम्बरको प्रबन्ध गरेको छ । केन्द्रको टोल फ्री नम्बर ११४० रहेको छ भने
खजुरा गाउँपालिका३ मनकामना बाँकेका मानबहादुर भण्डारीको परिवारको आम्दानीको स्रोत भनेको बट्टाईपालन बनेको छ । भण्डारीले व्यावसायिक रूपमा बट्टाई पालन गर्न लागेको धेरै समय भएको छैन तर मेहेनत र लगनले गर्दा
सिन्धुपाल्चोक । वरिष्ठ गायक तथा संगीतकार प्रेमध्वज प्रधानको ८४ वर्षका उमेरमा बिहीबार निधन भएको छ । छातीमा समस्या देखिएपछि बसुन्धरास्थित न्युरो अस्पताल काठमाडौंमा उपचाररत प्रधानको निधन भएको हो । पुख्र्यौली
नेपाली युवकयुवती आफ्नो रोजगारीको गन्तव्य विदेश सम्झन्छन् । बिदेसिन पहल पनि गरिहाल्छन् । नेपालबाट रोजगारीका लागि दैनिकजसो बिदेसिने युवकयुवतीको लर्को लाग्ने गर्छ । इलामको माईजोगमाई–३ नयाँ बजारकी कुसुम दाहालले भने
स्याङ्जामा रहेका ११ पालिकाका ९७ वडामध्ये तीनवटा वडामा महिलाले नेतृत्व गर्दै आएका छन् । चार वर्षअघि सम्पन्न स्थानीय तहको निर्वाचनबाट स्याङ्जाको फेदीखोला, अर्जुनचौपारी र हरिनास गाउँपालिकाका एक/एक वडाका अध्यक्षमा महिला
लगन र परिश्रमसाथ काम गरेमा धन कमाउन विदेश होइन स्वदेशमै मनग्य आम्दानी गर्न सकिने उदाहरण विराटनगरका बुटिक सञ्चालकले दिएका छन् । काम गर्दा पनि आफूभित्रको गहिराइ र आफूवरिपरिको वातावरणचाहिँ बुझ्नुपर्ने
कास्की । जंगलछेउमै पानीको मूल । मूलबाट बगेको पानी सिधै हात थापेर पिउन सकिन्छ । प्राकृतिक जलस्रोत तीतेपानीको मूलको पानी वैज्ञानिक परीक्षणबाट पनि सिधै पिउन योग्य प्रमाणित भएको छ ।
नेपालगन्ज । कोरोना संक्रमित भई भेरी अस्पताल नेपालगज्जमा उपचाररत पूर्वमन्त्री मोतीप्रसाद पहाडीको निधन भएको छ । नेपालगन्ज उपमहानगरपालिका–१० निवासी ७७ वर्षीय पूर्वमन्त्री पहाडीको उपचारकै क्रममा बिहीबार बिहान १ः४० बजे निधन
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड–१९ संक्रमितको उपचारका लागि शय्या चाहिएमा टोलफ्रि नम्बर ११३३ एवम् मोबाइल नम्बर ९८५१२५५८३७ र ९८५१२५५८३९ मा सम्पर्क गर्न आग्रह गरेको छ । मन्त्रालयले सूचना
‘जेनेभामा बस्दा मैले धेरैजसो के देखें भने मेरो राष्ट्रले कसरी वास्तवमा गलत काम गरिरहेको छ र त्यसले बाँकी विश्वमा कसरी प्रभाव पारिरहेको छ । मैले महसुस गरें कि त्यसले केही
फुर्सदको समय । के काम गर्ने होला ? मनमा खुल्दुली भइरहेको थियो । श्रीमती ज्योति रुम्दाली र जेठान ज्ञानेन्द्र रुम्दालीले संयुक्त रूपमा २०७५ मा एकीकृत स्रोत व्यवस्थापन प्रालि स्थापना गर्नुभएको
सहोदर जेठा दाइ भारतीय सेनामा छानिए । माइला दाइ पनि भर्तीवाल बने । जेठा दाइ भर्तसेर राई र माइला दाइ पूर्णबहादुर राई लाहुरे बनेपछि उनी एक्लिए । ‘जेठा दाइ तेस्रो
कुनै घरको वास्तविकता बुझ्न त्यो घरको शौचालय हेरे पुग्छ भने कुनै देशको वास्तविकता बुझ्न त्यो देशको सार्वजनिक यातायातको अवस्था हेरे पुग्छ । नेपालका हिमाल, पहाड र तराई क्षेत्रमा हेर्दा सार्वजनिक
काठमाडौं । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न गुर्जोले सघाउँछ । त्यसैले पछिल्लो समय गुर्जो सेवनप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको हो । गुर्जो नियमित सेवनले कोरोना भाइरसमात्रै होइन, अन्य
आगो निभाउन वारुणयन्त्र (दमकल)को सहारा लिइन्छ भन्ने सर्वविदितै छ । नेपालमा श्री ३ जुद्धशमशेरको पालादेखि दमकल प्रयोगमा आएको थियो । उनकै नाममा स्थापित जुद्ध वारुणयन्त्रको चिनो सुरक्षित छ । अस्तव्यस्त
नाम्चे (सोलुखुम्बु) । नाम्चेबाट पूर्वतिर हेर्दा थामसेर्कु, कुसुमकंगारू, आमडब्लम र विश्वकै छानो मानिने सगरमाथा आँखै अगाडि देखिन्छन् । पश्चिमपट्टि हेरेमा थक्सेर्मु र फरिलाप्का देखिन्छन् । उत्तरतिर हेर्दा खुम्बिला र तबुचे
‘अदुवा खाई सभा बस्नू, मुला खाई वन पस्नू’ भन्ने नेपाली उखान प्रचलित छ । प्रचलित उखानले अदुवाजति मुलाको महत्व नभएको प्रस्ट पारेको छ । तर, मुलाको महत्व अदुवाभन्दा कमको छैन
नयाँ भेरियन्टसहितको कोरोना संक्रमण फैलिएका बेला रोगबाट बच्न आयुर्वेदिक गुणयुक्त वनस्पति गुर्जोका परिकार सेवन गर्ने बढ्न थालेका छन् । कोरोना पोजेटिभ भएकाले पनि गुर्जोका परिकार सेवन गर्न थालेपछि रिपोर्ट नेगेटिभ