काठमाडौं । मानव शरीरमा रोग प्रतिरोधी क्षमता वृद्धि गर्न गुर्जोले सघाउँछ । त्यसैले पछिल्लो समय गुर्जो सेवनप्रति सर्वसाधारणको आकर्षण बढ्दै गएको हो । गुर्जो नियमित सेवनले कोरोना भाइरसमात्रै होइन, अन्य भाइरसबाट बचाउने चिकित्सकको भनाइ छ ।
गुर्जो कसरी सेवन गर्ने ? धेरैलाई थाहा नहुन सक्छ । आफूसँग भएका गुर्जोलाई एक औंलाबराबर काटेर पाँच मिलिलिटर रस निकाली बिहान र बेलुका पिउँदा लाभान्वित हुन सकिन्छ । गुर्जोको रस तीतो भएर पिउन नसकेको खण्डमा टुक्रा–टुक्रा पारेर पानीमा रातभरि भिजाएर भोलिपल्ट पानीमा उमालेर सेवन गर्न सकिन्छ ।
गुर्जो सेवन गर्दा फाइदैफाइदा छ । रक्तचाप कम भएकाले नुन प्रयोग गरेरमात्रै गुर्जो सेवन गर्नुपर्छ ।
–शरीरमा रोग प्रतिरोधात्मक क्षमता बढाउने
–कोरोनालगायत भाइरसबाट जोगाउने
–रुघाखोकी ठीक पार्ने
–सबै प्रकारको ज्वरो निको हुने
–ग्यास्ट्रिकपीडित लाभान्वित हुने
–शरीरमा रहेका विकार पदार्थ बाहिर निकाल्ने
–शरीर स्वस्थ्य बनाउन मद्दत गर्ने
–मानसिक तथा नशासम्बन्धी समस्या हटाउने
–पाचन प्रणाली बलियो बनाउने
–रगतको कमीलाई सन्तुलन गर्ने
–बाथ रोग निर्मूल पार्ने
–पेटसम्बन्धी समस्या समाधान गर्ने
–श्वासप्रश्वाससम्बन्धी समस्या समाधान गर्ने
–आँखाको विकार तथा कमजोरी हटाउने
–चाया, कालोपोतो, च्याउरीपन समाधान गर्ने