आगो निभाउन वारुणयन्त्र (दमकल)को सहारा लिइन्छ भन्ने सर्वविदितै छ । नेपालमा श्री ३ जुद्धशमशेरको पालादेखि दमकल प्रयोगमा आएको थियो । उनकै नाममा स्थापित जुद्ध वारुणयन्त्रको चिनो सुरक्षित छ ।
अस्तव्यस्त बन्दै गएको काठमाडौं उपत्यकाका घर–घरसम्म दमकल पुग्न सक्दैनन् । अनियन्त्रित बस्ती विस्तारपछि गल्ली साँघुरा भइसकेका छन् । तर, जहाँ समस्या त्यहाँ उपाय भन्ने भनाइ प्रचलित छ ।
अमेरिकाको म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजी र आर्मी रेन्जरले प्रभावकारी र छिटो आगो निभाउने नयाँ प्रविधि विकास गरेका छन् । नयाँ प्रविधिअनुसार, क्रिकेटको बलजत्रै सानो बलमा ६ वटा क्यामेरा फिट गरिएका छन् । त्यसलाई आगो लागेको क्षेत्रमा मिल्काइदिएपछि उसले आगो लागेको क्षेत्र र आगो लागेको घरको सम्पूर्ण तस्बिर खिचेर मोबाइलमा पठाइदिन्छ ।
सेन्सर प्रयोग गरिएका बलले हावाको अवस्था, तापक्रम, रेडियसन र अन्य आवश्यक सूचना दिन्छ । जसले आगो निभाउन सजिलो हुन्छ ।