‘कवितामा भूपाल राई हाँसेको थाहा छैन’



भूपाल राईबारे बोल्न सजिलो छ किनभने सार्वजनिक व्यक्ति भएका कारण सबै कुरा थाहा छ । भूपाल दाइबारे बोल्न फेरि अप्ठेरो पनि छ । किनभने उहाँ कवितामार्फत चुनौतीको भाषा बोल्छन् । अनि आफूलाई पो घाटा होला कि लोभ जाग्छ ।

भूपाल राईलाई नचिन्दैमा हामीले गाउँमा भूपाल राईलाई चिनिसकेका थियौं, लोकप्रिय गीतमार्फत ‘पूर्वै जाने रेल हाँसेर बोलेर साथी दुई दिन बाँचुन्जेल ।’

तर, कवितामा चाहिँ उनी हाँसेको मलाई थाहा छैन । उनी कवितामार्फत गम्भीर बहस गरिरहेका भेटिन्छन् । कवितामा गम्भीर बहस गर्ने मानिसको नाम हो– भूपाल राई । जस्तो कि आगोले जन्मोत्सव मनाउँदैन भन्ने कवितासंग्रह र त्यसयताका कविता ।

मैले भर्खर केही थान कट्टु फटाउन थाल्दा कविता लेख्न थालिसकेका थिए– भूपाल दाइले । उनी तीसको दशकदेखि लेख्न थालेर चालीसको दशकमा आफ्नो परिचय बनाइसकेका कवि हुन् । त्यसयताचाहिँ निरन्तर रूपमा भूपाल दाइले कवितामार्फत एउटा काम गरिरहेका छन् । त्यो हो– नेपाली समाज, नेपाली राष्ट्रियता, नेपाली इतिहास र नेपाली एकताको पुनर्परिभाषा/पुनःव्र्याख्या ।

यस सन्दर्भमा म थोरै राजनीतिक र इतिहासको कुरा पनि गर्छु । लिच्छविदेखि सेनकालसम्म संघीयता । पृथ्वीनारायणयता २५० वर्षमात्र केन्द्रीकृत राज्य ।

हो, यहाँनेर चाहिँ भूपाल राईका कविताहरू खास लाग्छन्– नेपाली राष्ट्रियता, नेपाली इतिहास र नेपाली एकताको पुनव्र्याख्या । भानुभक्तदेखि सुरु भएर भानुभक्तमा टुंगिने सांस्कृतिक एकताको कुरा गलत साबित भइसक्यो । भानुभक्तभन्दा अगाडिदेखि भूपाल राईसम्म जोडेरमात्र एकता कायम हुन्छ । राष्ट्रियता बलियो हुन्छ । नेपाली एकतालाई नयाँ आधारमा गर्नुपर्छ भन्ने पैरवी गरिरहेका यो समयका बुलन्द कवि हुन्– भूपाल राई ।

प्रतिक्रिया दिनुहोस्