पट्याउन मिल्ने स्कुटर



रतन्छा (खोटाङ) । सुविधासम्पन्न सहरमा मोटरसाइकल र स्कुटर चढ्नुको चर्को पीडा भनेकै पार्किङ स्थल समस्या हो । ठुल्ठूला व्यापारिक कम्प्लेक्सले अन्डरग्राउन्ड पार्किङ स्थल बनाएकाले केही राहत पुगेकै छ । तर धेरैजसो ठाउँमा सवारीसाधन पार्किङ गर्ने ठाउँ हुँदैन ।

यस्तो समस्या सवारीचालकले भोगेकै हुनुपर्छ । यो समस्याको समाधान युआरबीईको पट्याउन मिल्ने विद्युतीय स्कुटरले गर्न सक्छ । यसको तौल १६ किलो हुन्छ । यसलाई पट्याएर राख्न सकिन्छ । यसको तीन पाङ्ग्रा राखिएका हुन्छन् । जुन पट्याउँदा दुईवटा पाङ्ग्राले गुडाउन मिल्छ ।

यसको डिजाइन इन्जिनियर पोस्र्चेले गरेका हुन् । एकपटक ब्याट्री चार्ज गरेपछि चार घन्टासम्म धान्छ । यो स्कुटर प्रतिघन्टा १५ देखि २० माइलसम्म गुड्न सक्छ ।

प्रतिक्रिया दिनुहोस्