प्रिन्ट गर्न सकिने खानेकुरा !



बाकाचोल (खोटाङ) । थ्रीडी प्रविधि विकासले मानिसको जीवनमा ठूलै परिवर्तन ल्याउने सम्भावना पक्कापक्की छ । थ्रीडी प्रिन्टरले आफूलाई जे चाहियो त्यही आकार–प्रकारमा प्रिन्ट गरिदिन्छ ।

तपाईंलाई पाइन्ट या सर्ट चाहिएको छ भने थ्रिडी प्रिन्टरले तत्कालै तयारी कपडा प्रिन्ट गरिदिन्छ । त्यो लगाउनसमेत सकिन्छ । थ्रीडी प्रिन्टरले छालासमेत प्रिन्ट गर्न सकिने भइसक्यो ।

हुँदाहुँदा थ्रीडी प्रिन्टर प्रयोग गरे खानेकुरासमेत प्रिन्ट गर्न सकिने भइसकेको छ । आफूले खाने खानेकुरा थ्रीडी प्रिन्टरमा राखेपछि तयारी खानाका रूपमा प्रिन्ट गरेर निकालिदिन्छ । सहरको धपेडी र दौडादौडको बेफुर्सदिलो जिन्दगी जिउनेका लागि यो उपयोगी प्रविधि हो । यसो भएपछि खानेकुरा पकाउनुपर्ने अथवा खाना पकाउनकै लागि मानिसलाई जागिर दिएर राख्नुपर्ने झन्झटमुक्त हुन सकिन्छ ।

थ्रीडी फुड प्रिन्टर नेपालमा चाहिँ कहिले आइपुग्ला कुन्नि ? यसै भन्न सकिँदैन ।

 

प्रतिक्रिया दिनुहोस्