७ तस्बिरमा अभिनेत्री मनीषा कोइराला


अभिनेत्री मनीषा कोइराला चर्चामा आइरहन्छिन् । सस्तो लोकप्रियताका लागि नभएर आफूले गरेको सकारात्मक कामले अभिनेत्री कोइराला चर्चामा आइरहन्छिन् ।

कहिले १० दिने सगरमाथा आधारशिविर यात्रा पूरा गरेको सन्दर्भमा त कहिले नेपाल सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटेर नेपालको नयाँ राजनीतिक नक्सा सार्वजनिक गर्दा चर्चामा छाइरहन्छिन् ।

सरकारले जारी गरेको नयाँ राजनीतिक नक्सा समर्थन गर्दासमेत उनी निकै चर्चामा आइन् । नेपालीले उनको गुनगान गाए । भारतीयको भने गाली खाए ।

पाठेघरको क्यान्सरमुक्त भएपछि नयाँ जीवन पाउँदा मनीषा कोइरालाको चर्चा कम्ती थिएन । अभिनय यात्रामा त्यत्तिकै सफल कोइरालाको पहिलो किताब ‘हिल्ड : हाउ क्यान्सर गेभ मी अ न्यु लाइफ’ नामक किताब सार्वजनिक हुँदासमेत चर्चामा आइन् ।

 

प्रतिक्रिया दिनुहोस्