‘तिम्रो मोया छ’ म्युजिक भिडियो सार्वजनिक


काठमाडौं । खोटाङे गायक भरत लिमेलीमगरको ‘तिम्रो मोया छ’ शीर्षाकृत गीतको म्युजिक भिडियो हालै सार्वजनिक भएको छ । ओएसआर डिजिटल नेपाल नामक युट्युब च्यानलबाट म्युजिक भिडियो सार्वजनिक गरिएको हो ।

गीतकार दिनेश सुवेदीको शब्द रचना रहेको म्युजिक भिडियोको गीतमा गायक भरत लिमेलीमगर र अस्मिता अधिकारीले स्वर दिएका छन् ।

राजु श्रेष्ठको निर्देशन रहेको म्युजिक भिडियोमा मनोज तामाङको कोरियोग्राफी रहेको छ । भिडियोमा नायिका रस्मिला तामाङ, जीवन बस्नेत, किरण मगर, राजु श्रेष्ठ, परिस्ना बास्तोला र सुवास विश्वकर्माले अभिनय गरेका छन् ।

जिल्लाको दक्षिणी क्षेत्रमा पर्ने वराहपोखरी गाउँपालिकामा जन्मिएर काठमाडौंलाई कर्मथलो बनाभएका गायक मगर काठमाडौं लिटल ब्लोसम स्कुल नयाँबजार, भक्ति इन्टरनेशनल एकेडेमी बूढानीलकण्ठ र प्रगति बोर्डिङ हाइस्कुल बालाजुमा अध्यापन गर्दै आएका छन् । ‘गाउँदै–पढाउँदै’ गर्नुहुने गायक मगरले लोक–आधुनिक भाकामा निर्माण गर्नुभएको यो म्युजिक भिडियोमा माया–पिरतीका कुरा गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्