युवेन्द्रले ल्याए कान्छी नानी



काठमाडौं । तीन दशकदेखि गीत–संगीतमा साधनारत कलाकार युवेन्द्र शाक्यले नयाँ सिर्जनास्वरूप म्युजिक भिडियो बजारमा ल्याएका छन् । आफ्नै अफिसियल साइटमार्फत कलाकार शाक्यले बजारमा ल्याएको म्युजिक भिडियोमा “सागरभन्दा गहिरो”, “कान्छी नानी” र “अरुणै किनारमा” रहेका छन् ।

संखुवासभाको चैनपुरमा जन्मेका उनले धनकुटाको हिलेबजारमा रहेर सांगीतिक करिअर सुरु गरेका थिए । साउदी अरबको आबुधाबीमा रहेका उनले पछिल्लो समय सार्वजनिक सांगीतिक कोसेलीमा गायिका करुणा राईले आफ्नो स्वरमार्फत सहयोग गरेकी छन् । यी गीतहरूमध्ये दुई रोमान्टिक र एउटा लोकलयमा आधारित रहेका छन् ।

म्युजिक भिडियोमा पारुहाङ राई, नुमा राईका साथै गायक युवेन्द्र शाक्यले अभिनय गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्