विनोद राई ‘द भ्वाइस अफ नेपाल’–५ विजेता


काठमाडौं । ‘द भ्वाइस अफ नेपाल’–५ को उपाधि विनोद राईले जितेका छन् । इलामका ३३ वर्षीय राईले सबैभन्दा धेरै भोट पाएर चर्चित सिङ्गिङ रियालिटी शो ‘द भ्वाइस अफ नेपाल–५’ विजेता बनेका हुन् । उनी पाँच वर्ष अमेरिका बसेर फर्केका थिए ।

कोच मिलनको टिममा रहेका ‘द भ्वाइस अफ नेपाल’–५ विजेता राईले २० लाख  रुपैयाँ र गोल्डेन ट्रफी हात पारेका छन् ।

यसैगरी फर्स्ट रनरअपमा मकर योन्जन, कुमार प्रयास राई (सेकेन्ड रनरअप ) र नोगेन लिम्बूले थर्ड रनरअपको उपाधि पाएका थिए ।

‘द भ्वाइस अफ नेपाल’–५ का टप फोर फाइनलिस्टमा विनोद राई, मकर योन्जन, कुमार प्रयास राई र नोगेन लिम्बू परेका थिए । टप फोर फाइनलिस्ट विनोद राई (इलाम), मकर योन्जन (कञ्चनपुर), कुमार प्रयास राई (सोलुखुम्बु) र नोगेन लिम्बू (पाँचथर) बीच प्रतिस्पर्धा भएको थियो ।

टप टुवेल्भ फाइनलिस्ट

टीम उदय
(१) कुमार प्रयास राई
(२) विवेक बस्नेत
(३) रोजिना बस्नेत

टीम राजेश
(१) मकर योन्जन
(२) मोनिका राई
(३) अश्विन राई

टीम प्रमोद
(१) प्रशान्त सिवाकोटी
(२) तेन्जिङ डोल्मा गुरुङ
(३) नोगेन लिम्बू

टीम मिलन

(१) विनोद राई
(२) त्रिजा प्रधान
(३) फेथ ॐ ब्यान्ड ।

 

प्रतिक्रिया दिनुहोस्