१७ तस्बिरमा ‘प्लस फिगर’का मोडेल


कसैलाई दुब्लो मानिस मन पर्छ । कसैलाई पातलो । कसैलाई ठिकैको । त्यही भएर होला मोटाघाटा मानिस दुब्लाउन अनेक शारीरिक अभ्यास गरिरहेका हुन्छन् । तर, फ्रान्स भने मोटाघाटा मोडेल रोजाइमा पर्छन् ।

फ्रान्समा शारीरिक रूपमा दुब्ला फेसन मोडलमाथि प्रतिबन्ध लगाइएको छ । प्रतिबन्धमात्रै होइन, कानुनसमेत पारित गरिएको छ । प्रचलित कानुन उल्लंघन गर्नेलाई ७५ हजार युरो जरिवाना र ६ महिना जेल सजाय तोकिएको छ ।

फ्रान्सेली नागरिक आफ्नो स्वास्थ्यमा गहिरो असर पार्नेगरी दुब्लाउने होडमा लागेपछि यस्तो नियम पारित गरिएको हो । दुब्लो मानिसलाई ‘एनोरेक्सिया’ रोगबाट समातेपछि अकालमा ज्यान सक्छ । ‘एनोरेक्सिया’ बाट ३० देखि ४० हजार फ्रान्सेली पीडित छन् । त्यसमध्ये ९० प्रतिशत महिला छन् ।

त्यसो भएपछि मोटाघाटा मोडेलका दिन फर्किएको छ । म मोटी भएँ भनेर उनीहरूले हीनताबोध गर्नुपरेको छैन । यसअघि इटली, स्पेन र इजरायलले समेत दुब्ला फेसन मोडेललाई प्रतिबन्ध लगाइएको कानुन पारित गरिसकेका छन् ।

तस्बिर : उषा शेरचनको फेसबुकबाट

प्रतिक्रिया दिनुहोस्