सुप्रसिद्ध वैज्ञानिक पत्रकार


एक समय थियो, जब विश्वका धेरैजसो ठूला पर्खाल बादलबाट बिजुली झर्दा नस्ट हुने गर्थे । अग्ला भवनलाई बादलको चट्याङबाट सुरक्षा प्रदान गर्ने साधन सर्वप्रथम बेनजमिन फ्रैंकलिनले खोजेका थिए । विद्युत्बाट सुरक्षा प्रदान गर्ने यस प्रक्रियालाई चट्याङ चालक भन्ने गरिन्छ । यस उपक्रममा धातुद्वारा निर्मित छड अर्थात् पत्ती प्रयोग गरिन्छ, जसको एउटा टुप्पो तीखो हुने गर्छ । यस छडलाई टुप्पोबाट भवनमाथि राख्ने गरिन्छ । र, छड भवनको पर्खालसँग टाँसिएको हुन्छ भने तलतिर निहुराइएको हुन्छ । यस छडको अर्को छेउलाई जमिनभित्र गाडिने गरिन्छ, जब कुनै आवेशित बादल अग्लो भवनको छत हुँदै जमिनभित्र जाने गर्छ । यसरी भवन सुरक्षित हुने गर्छ । आज संसारका विशाल भवनमा पर्खाल सुरक्षाका निम्ति चट्याङ चालक लगाउने गरिन्छ ।

चट्याङचालकको आविष्कारको कथा चाखलाग्दो छ । सन् १७५२ को कुरा हो, जब बेन्जामिन फ्रैंकलिनले बादलबाट विद्युत्सँग सम्बन्धित प्रयोग गरेका थिए उनले एउटा पतंग आकाशमा उडाए । त्यसबेला पानी परिरहेको थियो, आकाशमा बादल छाएको थियो । यस पतंग बनाउन उनले एउटा ठूलो रेशमी रुमाल लिए । त्यसलाई काठको पत्तीले बनेको क्रसमा बाँधे । काठको एक खडा खम्बामा फलामको तार यसरी लगाए कि त्यो पतंगको टुप्पो एक फुट बाहिर रहन गयो । उनले पतंग उडाउनका निम्ति डोरीको पनि प्रयोग गरे । डोरीको छेउमा सिल्कको एक रिबन पनि बाँधे । डोरी तथा सिल्कको मिलन हुने स्थानमा फलामको चाबी लगाए । उनी पतंग उडाउनका निम्ति छायाँको मुनि खडा भए, जसको कार सिल्कको रिबन वर्षात्बाट नभिजोस् भन्ने थियो । यसले भिज्दा उनलाई विद्युत्को झट्का पनि लाग्न सक्थ्यो ।

पतंग उडिरह्यो । फ्रैंकलिनले आफ्नो औँलामा रहेको गाँठोलाई साँचोनजिक राखे, जहाँबाट कैयौँ स्फुलिङ  निस्किरहेका थिए । यस प्रयोगका आधारमा उनले यो निष्कर्ष निकाले, बादलको विशाल विद्युत्लाई बादलबाट जमिनमा ल्याउन सकिन्छ । यसका आधारमा विशाल भवनलाई बादलको विद्युत् अर्थात् चट्याङबाट सुरक्षा प्रदान गर्नका निम्ति चट्याङचालकको विकास गरेका थिए ।

बेन्जामिन फ्रैंकलिनले विशाल भवनलाई बिजुलीको कडक र चट्याङद्वारा हुने हानिबाट बचाउनका निम्ति स्वयम् एक विधि विकसित गरे । उनीबाट विकसित विधि यस किसिमको छ, ‘एउटा लामो फलामको पातलो छड लिने, जसको एउटा छेउ गिलो जमिनमा तीन/चार फुट तल रहोस्, अर्को छेउ भवनको सबैभन्दा ठूलो भागबाट छ–सात फुटमाथि निस्कियोस् । छडको माथिल्लो टुप्पोमा करिब एक फुट लामो पित्तलको पातलो तार बाँधियोस्, जसको छेउ तीखो होस् । यदि भवनमा यस किसिमको व्यवस्था गरियो भने चट्याङबाट कुनै पनि किसिमको हानि हुँदैन बरु चट्याङ तीखो छेउद्वारा आकर्षित भएर विनाहानि नपुर्याई धातुको छड हुँदै जमिन भित्रसम्म पुग्न सक्छ ।

यही समयमा प्रोफेसर रिचमैन पनि बादलको बिजुलीसँग सम्बन्धित प्रयोग गरिरहेका थिए । उनले बादलबाट प्राप्त विद्युत्को अध्ययन गर्नका निम्ति एउटा उपकरण बनाएका थिए । जब विद्युत् कड्कने बेला भयो, त्यसबेला उनी यस उपकरणलाई निरीक्षण गर्न गए । उनी यसरी खडा भए, यो उपकरण उनको टाउकोभन्दा करिब एक फिट माथि थियो । जसरी नै बिजुली चम्कियो, आगोको यो उपकरणबाट निस्केर एउटा नीलो गोला प्रोफेसरको टाउकोमा आयो । पेस्तोलबाट गोली चलेजस्तै आवाज आयो । उपकरण टुक्रा–टुक्रा भएर छरियो । कहाँसम्म भने त्यस कोठामा रहेको ढोकासमेत क्षतिग्रस्त भयो । प्रोफेसरको तुरुन्त मृत्यु भयो । यस प्रकारका कैयौँ घटना छन् ।

यो शौभाग्यको घटना थियो । कैयौँपटक प्रयोगको बेला फ्रैंकलिन संयोगले बाँचे । यहाँ यो कुरा थाहा पाउनु अति आवश्यक छ, बादलको विद्युत्सँगको प्रयोग अत्यन्त खतरनाक छ ।

सन् १७५३ पछि अमेरिकामा पनि धेरैजसो चट्याङचालक बनाइए । ती दिनमा यिनलाई फ्रैंकलिन छड भनियो । सन् १७६० मा एडिस्टोन लाइट हाउसलाई एउटा यस्तै छडद्वारा सुरक्षित गरियो, चट्याङचालक बनाउनका निम्ति प्रायः फ्रैंकलिनको सल्लाह लिने गरिन्थ्यो ।

सन् १७६९ मा विशाल भवनलाई चट्याङबाट बचाउन लन्डनमा एउटा कमिटी बनाइयो, जसको प्रमुखमा फ्रैंकलिन चयन गरिए । सन् १७७२ मा जब इटलीको बारुदखाना चट्याङद्वारा नस्ट भयो, त्यसबेला परफ्लिटमा ब्रिटिस बारुदखानालाई सुरक्षित गर्नका निम्ति बनाइएको समितिमा पनि फ्रैंकलिनलाई सदस्यका रूपमा मनोनीत गरियो । आज पनि फ्रैंकलिनको आविष्कारका आधारमा चट्याङचालक निर्माण गरिन्छ ।

बेन्जामिन फ्रैंकलिन एक साबुन र मैनबत्ती निर्माताका पुत्र थिए । उनका १७ भाइबहिनी थिए, उनी यी बालकमा दसौँ बालक थिए । उनी अमेरिकाका सुप्रसिद्ध राजनीतिज्ञ, दार्शनिक र पत्रकार थिए । वैज्ञानिक रूपमा आज उनलाई धेरै मानिसले चिन्ने गर्छन् । विद्युत् क्षेत्रमा गरिएका प्रयोगका निम्ति उनको नाम आज पनि प्रसिद्ध छ ।

बेन्जामिन फ्रैंकलिनको रुचि विज्ञानको क्षेत्रमा मात्र सीमित थिएन । उनी पहिलो वैज्ञानिक थिए, जसले आन्ध्रमहासागरमा पानी प्रवाहको अध्ययन गरे । उनले आफ्नो धेरै समय आन्ध्रमहासागरको तापमान, वेग र गहिराइको अध्ययनमा लगाए । फ्रैंकलिनले नौसेनाका अधिकारी तथा वैज्ञानिकलाई के देखाए भने उथलपुथल हुने यस सागरमा पनि मल्लाह मानिस तेल हालेर शान्त पारिदिन्छन् ।

चट्याङचालकका अतिरिक्त अन्य उपयुक्त उपक्रम फ्रैंकलिनद्वारा विकसित गरिएका थिए । फ्रैंकलिनद्वारा विकसित स्टोप कोठा तातो पार्नका निम्ति उपयोगी सिद्ध भयो । उनको यो स्टोप यस्तो उपकरण थियो, जसद्वारा एक चौथाइ इन्धन प्रयोग गर्दा दुईगुणा ताप उत्पन्न हुन्थ्यो ।

फ्रैंकलिनले बाइफोकल नेत्र लेन्स  पनि आविष्कार गरेका थिए । यस आविष्कारका आधारमा मानिसका लागि कुन किसिमका चस्मा बनाउन सकिए भने जसको माध्यमबाट नजिकको पुस्तक पढ्न तथा टाढाको वस्तुलाई एकसाथ देख्न सम्भव भयो ।

फ्रैंकलिनले के प्रमाणित गरे भने जुन घरमा रोशनदानी र झ्यालको उचित व्यवस्था हुँदैन, त्यहाँ रोग छिटो फैलिने गर्छ । उनले के पनि साबित गरे भने अम्लीय जमिनलाई चुना प्रयोग गरेर ठीक गर्न सकिन्छ । बेन्जामिन फ्रैंकलिनले आफ्नो आविष्कारलाई पेटेन्टका रूपमा लिन सधैं अस्वीकार गरे । उनी यसबाट धन कमाउने आशा राख्दैनथे । उनले आफ्ना आविष्कारलाई सधैँ जनहितमा प्रयोग गरे । यी महान् वैज्ञानिकलाई कामको फलस्वरूप धेरै सम्मान प्राप्त भयो । लन्डनको रोयल सोसाइटीले उनलाई आफ्नो सदस्यका रूपमा सम्मानित गर्यो, जुन आवासगृहमा रहने व्यक्तिका निम्ति दुर्लभ समान थियो ।

वैज्ञानिकका अतिरिक्त उनी प्रसिद्ध राजनीतिज्ञ पनि थिए । उनले जर्ज वासिङ्टनको नेतृत्वमा भएको अमेरिकाको स्वतन्त्रता संग्राममा ठूलो योगदान दिए । उनी उपनिवेशका ती पाँच राजनीतिज्ञमा एक थिए, जसले ४ जुलाई १७६६ को प्रसिद्ध घोषणापत्रमा हस्ताक्षर गरेका थिए । यसबाट संयुक्त राज्य अमेरिकाको नयाँ यात्रा सुरु भएको थियो ।

एक प्रसिद्ध लेखकले उनका जीवनका दुई घटनालाई उल्लेख गर्दै लेखेका थिए, ‘जब फ्रैंकलिनले आफ्नो पतंगको साँचो छोए, उनलाई आनन्द प्राप्त भयो । सम्भवतः यति नै आनन्द त्यसबेला प्राप्त भयो, जब उनले त्यही हातबाट आफ्नो देशको महान् स्वतन्त्रतापत्रमा हस्ताक्षर गरे ।’
सन् १७८७ मा संयुक्त राज्य अमेरिकाको संविधान निर्माणमा उनले महान् योगदान दिएका थिए ।

विज्ञान र राजनीतिको सेवा गर्दै महान् पुरुषको १७ अप्रिल १७९० मा निधन भयो ।

 

प्रतिक्रिया दिनुहोस्