बोल्दाबोल्दै भाषा अनुवाद गर्ने स्काइप



नुनथला (खोटाङ) । गुगलले संसारका थुप्रै भाषालाई एकबाट अर्को भाषामा अनुवाद गरिदिन्छ । तपाईंले खस–नेपाली भाषामा टाइप गरेर अंग्रेजीमा अनुवाद गर् भनेर भन्नुहुन्छ तब गुगलले त्यसलाई तत्कालै अनुवाद गरिदिन्छ । तर, गुगलले गर्ने अनुवाद कहिलेकाहीँ नमिल्दो र हाँसउठ्दो हुन्छ कि अनुवाद मिलेन भने ठट्टा गर्दै ‘ए यो गुगल अनुवाद हो’ भन्ने चलन छ ।

गुगलले लेखेको भाषालाई लिखितमै अनुवाद गर्ने हो । तर, स्काइपले बोल्दाबोल्दै तपाईंले बोलेको भाषालाई अर्को कुनै भाषामा आवाजसहित अनुवाद गरिदिन्छ । तपाईंले आफ्नो मातृभाषामा ‘हेल्लो’ भन्नुभयो भने स्काइपले तत्कालै आवाजसहित आठ भाषामा अनुवाद गर्छ ।

अक्षरका रूपमा चाहिँ ५० भन्दा बढी भाषामा तत्कालै अनुवाद गरिदिन्छ । यसलाई माइक्रोसफ्ट स्काइप ट्रान्स्लेटर नाम दिइएको छ । हिजोआज स्काइप थाहा नपाउने र नचलाउने कमै छन् । तपाईंले पनि आफ्नो मातृभाषामा बोलेर एकपटक जाँची त हेर्नुहोस्, कस्तो गर्दोरहेछ स्काइपले अनुवाद !

प्रतिक्रिया दिनुहोस्