दुर्छिम (चुमाखु) । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) वडा समिति अध्यक्ष कमल मायाराजाहाेंछा राईले पाँच हजार रुपैयाँबराबरको चामल, खानेतेल, नुन, साबुनलगायतका सामग्री वितरण गरेका छन् ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) वडा समिति अध्यक्ष राईले नेपाली नयाँ वर्षको अवसर पारेर हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिम, चुमाखुनिवासी तेजबहादुर नेपालीलाई पाँच हजार रुपैयाँबराबरको चामल, खानेतेल, नुन, साबुनलगायतका सामग्री वितरण गरेका हुन् ।
आर्थिक अवस्था अत्यन्तै कमजोर भएकाले नेपालीलाई खाद्यान्नलगायत सामग्री वितरण गरेको अध्यक्ष राईको भनाइ छ । ‘नेपाली नयाँ वर्षको अवसर पारेर शुभकामना दिनेको कम छैन,’ उनले थपे, ‘शुभकामना दिने प्रचलन नराम्रो होइन । तर, यस्ता अवसर पारेर स्थानविशेषका मनकारीले असहाय, दीनदुःखीलाई सहयोग गर्ने चेतना जागृत होस् ।’
हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका महिला सदस्य गमिता राई, नेकपा (माओवादी केन्द्र) नगर समिति सचिवालय सदस्य सलन राई, नेताद्वय तामन राई र सुजेन राईको उपस्थितिमा राईले तेजबहादुर नेपालीलाई चामल, खानेतेल, नुन, साबुनलगायतका सामग्री वितरण गरेका थिए ।
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) वडा समिति अध्यक्ष कमल मायाराजाहाेंछा राईलाई यसरी नै दिन पुगोस् ।