१५ शय्याको अस्पताल शिलान्यास १५ तस्बिरमा


हलेसी (खोटाङ) । पण्डित शम्भु तिम्सिनाले मन्त्र पढ्न थाले । सांसद विशाल भट्टराईले अस्पताल शिलान्यासका लागि खनिएको खाल्डोमा इँटा र सिमेन्टको मसला हाले ।

लगत्तै हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राई, उपप्रमुख बिमला राई र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका उपप्रमुख वीणादेवी राईले पनि त्यसै गरे ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानमा बन्न लागेको १५ शय्याको अस्पतालको शिलान्यास सकियो । त्यसपछि शिलान्यास कार्यक्रममा सांसद भट्टराई, हलेसी तुवाचुङ नगरपालिकाका प्रमुख इवन राई, उपप्रमुख बिमला राई र दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका उपप्रमुख वीणादेवी राईले सम्बोधन गरिन् ।

हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थान वडाध्यक्ष चइन्द्र राईलगायतले सम्बोधन गरेको शिलान्यास कार्यक्रममा हलेसी तुवाचुङ नगरपालिकाका विभिन्न राजनीतिक दलसम्बद्ध नेताको उपस्थिति रहेको थियो ।

सबै तस्बिर : सर्वधन बस्नेत

प्रतिक्रिया दिनुहोस्