दर्शनार्थीले हलेसीमा चढाएको भेटीमात्रै १ करोड, ९२ लाख, ३७ हजार, ४८८


हलेसी (खोटाङ), १३ फागुन । हलेसी आइपुगेका दर्शनार्थीले तीन आर्थिक वर्षमा चढाएको भेटी गणना गर्दा १ करोड ९२ लाख, ३७ हजार ४८८ रुपैयाँ संकलन भएको छ ।

हलेसी सूचना केन्द्र प्रमुख सयन्द्र राईका अनुसार, आर्थिक वर्ष २०७५/०७६ मा ८७ लाख १९ हजार २१५ आय र ४२ लाख ४२ हजार ३५० खर्च भएको थियो । हलेसी सूचना केन्द्र प्रमुख राईका अनुसार आव ०७४/७५ भन्दा ०७५/७६ मा १०९ प्रतिशतले आय वृद्धि भएको थियो ।

आर्थिक वर्ष ०७६/७७ मा ५३ लाख, ८९ हजार, ८६९ हजार भेटी संकलन भएको थियो । सो आवमा ४० लाख ६२ हजार ५२१ खर्च भएको छ । यस आवमा कोरोना कहरले हलेसी गुफा महिनौं बन्द भएको थियो ।

यसैगरी, आव ०७७/७८ मा अघिल्लो आवभन्दा थोरै भेटी संकलन भएको थियो । यस आवमा ५१ लाख २८ हजार, ४०४ रुपैयाँ संकलन भएको हो । कोरोना कहरले हलेसी गुफा महिनौं बन्द भएको यस आवमा ३२ लाख, २६ हजार, १७९ खर्चको भएको हलेसी सूचना केन्द्रले जनाएको छ ।

तीन आर्थिक वर्षमा १ करोड ९२ लाख, ३७ हजार ४८८ रुपैयाँ संकलन हुँदा १ करोड १५ लाख, ३१ हजार ०५० रुपैयाँ खर्च भएको हो । बाँकी रहेको ७७ लाख, ६ हजार, ४३८ रुपैयाँ माछापुच्छ्रे बैंक हलेसी शाखामा जम्मा गरिएको छ ।

दर्शनका लागि हलेसी आइपुगेका दर्शनार्थीले नेपाली रुपैयाँका अलावा १ लाख ८८ हजार, ८३८ भारतीय रुपैयाँ र १ हजार २७१ भुटानी रुपैयाँ भेटी चढाएका थिए । १४३ चिनियाँ वन, ९४ अमेरिकी डलर, हङकङ डलर २०, सिंगापुर डलर १० र कतारी रियाल २ रुपैयाँ रहेको छ ।

हलेसी आइपुगेका दर्शनार्थीले सुन, चाँदी, स–साना टीका, औठी, बुनिया (काँचो चाँदी)समेत चढाएका थिए । हलेसी सूचना केन्द्र प्रमुख सयन्द्र राईका अनुसार, आव ०७५/७६ मा सुन ०.२१ तोला (स–साना टीका) र ५१.२८ तोला चाँदी चढाएका थिए ।

दर्शनार्थीले आव ०७६/७७ मा एक तोला सुनको औंठी, ०.२७२ तोला (स–साना टीका) र २६.९९७ तोला चाँदी रहेको छ ।

यसैगरी, ०७७/७८ एक तोला सुनको सिक्री, एक केजी चाँदी (बुनिया काँचो चाँदी) र ६६४.५७ ग्राम चाँदी रहेको छ ।

प्रतिक्रिया दिनुहोस्