खानेकुरा पकाउन सिकाउने कराही



ज्यामिरे (खोटाङ) । वैज्ञानिकले अनौठो र अचम्मलाग्दा आविष्कार गर्न छाडेका छैनन् । एप्स र ब्लुटुथ आविष्कारले प्रत्येक क्षेत्रमा नयाँ र अपत्यारिला आविष्कार भइरहेका छन् । यही प्रविधि प्रयोग गरेर खाना पकाउन सिकाउने कराही निर्माण गरिएको छ ।

म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीले यस्तो कराही निर्माण गरेको हो । यसका लागि स्मार्टफोनमा एप्स डाउनलोड गरेकै हुनुपर्छ । चुलामा बसाएर तताएपछि यो कराहीले खानेकुरा चलाउने बेला भयो, आगो अथवा ताप बढी या कम भयो, यसो गर्नूस्, उसो गर्नूस् भनेर स्मार्टफोनमा एप्समार्फत जानकारी दिन्छ ।

त्यसैका आधारमा खानेकुरा स्वादिलोसँग पकाउन सकिन्छ । यो कराहीमा विशेषखालको ताप सेन्सर प्रयोग गरिएको छ । एप्स र ब्लुटुथको सहायतामा सेन्सरले दिने सूचना मोबाइल फोनमा म्यासेजका रूपमा देखापर्छ । म्यासाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलजीका हुम्बेर्टो इभान्सले यो कराही परिकल्पना गरेका हुन् ।

प्रतिक्रिया दिनुहोस्