पानी फिल्टर गर्ने ‘किताब’



माक्पा (खोटाङ) . काठमाडौंबाट फोहोर बग्ने बागमती नदी तराईमा पुग्दा सफा र कञ्चन हुन्छ । प्राकृतिक रूपमा फिल्टर हुँदै बग्ने भएकाले तराई पुग्दा बागमती सफा बगेकी हुन् । प्राकृतिक तरिकाले मात्रै पिउने पानीचाहिँ शुद्ध हुन सक्दैन । किनभने पानीमा आँखाले देख्न नसकिने अनेकथरि कण र कीटाणु मिसिएका हुन्छन् । त्यसलाई छानेर शुद्ध पिउनयोग्य पानी तयार गर्ने उपाय भनेको उमाल्ने र फिल्टर गरेर छान्नुपर्छ ।

विश्वमा ६६ करोड ३० लाख जनताले शुद्ध पानी पिउन पाउँदैनन् । यसका कारण पानी छानेर शुद्ध बनाउन त्यति सजिलो छैन । शुद्ध बनाउने फिल्टर किन्न सक्ने आर्थिक सामथ्र्य उनीहरूसँग छँदै छैन ।

तेरी डान्कोविचले विश्वका गरिब जनताले समेत किनेर प्रयोग गर्न सक्ने फिल्टर निर्माण गरेकी छन् । यो बजारमा किन्ने पाइने फिल्टरजस्तो भने होइन । यो त किताब हो । जसले पानी फिल्टर गरेर शुद्ध बनाउँछ । त्यसैले पिउनयोग्य पानी बनाउने किताबको नामै (ड्रिङ्कएबल बुक) राखिएको छ ।

पानी छान्नका लागि किताबका पाना प्रयोग गरिन्छन् । बंगलादेश, घाना र दक्षिण अफ्रिकामा गरिएको परीक्षणमा यो फिल्टरले ९९ प्रतिशत हानिकारक कीटाणु फिल्टर गरेको थियो । यसले भाइरस पनि फिल्टर गर्न सक्छ कि सक्दैन भनेर थाहा पाउन डान्कोविचले थप अनुसन्धान गर्दै छिन् । यदि यो किताबले पानी फिल्टर गरेर पूरै शुद्ध बनायो भने विश्वका गरिब नागरिकले शुद्ध पानी पिउन पाउनेछन् । यो प्रविधि गरिब जनताकै लागि आविष्कार गरिएको हो ।

प्रतिक्रिया दिनुहोस्