कर्मठ नेताका कर्मवीर कर्म



डम्बर्खुशिवालय (खोटाङ) । बिहानको ९ बज्दै थियो । हामी बाटो लाग्यौं । चिसापानी बजारबाट हुम्मापोखरी, छिमाहा, कुइभीर, चुम्लुङ हुदै खाप्टिङ पुग्यौं । खाप्तिङ जन्तेढुंगा गाउँपालिका–४ डम्मर्खुशिवालयमा पर्छ । त्यहाँ पुग्दा १०ः२० बजिसकेको थियो ।

स्थानीय कमलबहादुर विश्वकर्माको घरमा राजनीतिक कुराकानी लामै चल्यो । समसामयिक राजनीति र समग्र गाउँपालिकाका विकास निर्माणलगायत विभिन्न वस्तुस्थितिबारे कांग्रेस खोटाङ उपसभापति इवन राईले प्रकाश पारे । उपसभापति राईले आफ्नो कार्यानुभवसमेत सुनाए ।

विकको घरमा बिहानको खाना पाक्यो । ११ः०५ बजे खाना खायौं । खाना खाएर पारिलो घाम ताप्दै पुनः गफियौं । नेता विक पार्टी संगठन, समाजसेवा र विकास निर्माणमा जुटेको सुन्दा÷देख्दा कम्ती लोभ लागेन । उल्लिखित काममा लाग्दा भनेको समयमा घरको काम गर्न पाउँदैनन् । यस्तो नमिठो कथा कसले सुन्ने ? कसले बुझ्ने ?

यसरी सबै–सबै बिर्सेर एकध्यानले जीवनको उर्वर समय अर्थात् जीवनै कांग्रेस पार्टी संगठन, समाजसेवा र विकास निर्माणमा खर्चेका कर्मठ कर्मवीर नेताको विविध आयाम सुन्दा जोकोहीलाई प्रेरणाको स्रोत बन्छ । पंक्तिकारलाई त्यस्तै लाग्यो । यस्ता कर्मठ नेतालाई पार्टीले संरक्षण गर्नैपर्छ है ।

यो २०८० माघ २५ गते बिहीबारको यात्रानुभव हो ।

प्रतिक्रिया दिनुहोस्