बेलायतवासी समाजसेवी राईद्वारा मन्त्री कार्कीको प्रशंसा


बेलायत । बेलायत र नेपालका एक दर्जन बढी सामाजिक संघ संस्थामा आबद्ध बेलायतवासी समाजसेवी रोजिना प्रधान राईले १ नम्बर प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री केदार कार्कीको प्रशंसा गरेकी छन् ।

समाजसेवी रोजिना प्रधान राई र हीराधन राईद्वारा सञ्चालित रोजीहीरा फाउन्डेसनले विराटनगरको मुसहर बस्तीमा थालेको श्रमदानमा मन्त्री कार्की सहभाभगी भएपछि समाजसेवी राईले प्रशंसा गरेकी हुन् ।

राईद्वयद्वारा सञ्चालित फाउन्डेसनले सरस्वती पूजाको दिन शुुभसाइत पारेर विराटनगर महानगरपालिका–१२ मलहनुवामा निर्माणाधीन मुसहर बस्ती निर्माणका लागि श्रमदान थालेको हो । विपन्न मुसहर समुदायका लागि १४५ घर निर्माण सुरु भएको छ ।

भूमिहीन मुसहर परिवारलाई जमिनको मालिक बनाएर सुन्दर बस्तीमा राख्ने अभियानमा स्वेच्छाले मानवीय कार्य गर्ने मौका मिलेकामा रोजीहीरा फाउन्डेसनकी अध्यक्ष रोजिना प्रधान राईले खुसी व्यक्त गरिन् ।

स्थानीय युवासहित फाउन्डेसनकी अध्यक्ष राई मुसहर बस्ती निर्माणका लागि खटिएकी छन् । उनी केही समयदेखि नेपालमा सामाजिक कार्य र व्यवसाय विस्तारमा लागिपरेकी छन् ।

मैतिदेवी काठमाडौंमा जन्मेकी उनी सानैदेखि अर्काको पीडा आफ्नैजस्तो ठान्ने बताउँछिन् । समाजसेवाबारे प्रस्ट थाहा नहुँदादेखि नै उनी दुःखी गरिबको सहारा बन्दै आएकी छन् । बेलायतको नेपाली समुदायमा उनी च्यारिटी कर्ममा क्रियाशील छिन् । उनी हङकङमा प्रधान कार्यालय रहेको आइडिया फर वर्ल्डको निर्देशकसमेत हुन् ।

१० वर्षमा १० लाख उद्यमी बनाउने कम्पनीको उद्देश्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्