पाँच करोडलाई मिर्गी


सुङ्देल (खोटाङ)  पंक्तिकार तराई झरेका थिए । सिरहाको मिर्चैयाभन्दा उता पुगेपछि बाटोमा मानिसको हो–हल्ला सुनियो । माहुरीझैं झुम्मिरहेको देखियो । पंक्तिकारलाई शंका लाग्यो– बोक्सी आरोपमा महिलामाथि दुव्र्यवहार हुँदै छ । तर, होइन रहेछ ।

मैले एकजनालाई सोधें, ‘के भयो ?’ उनले भने, ‘मिर्गीको बिमार रहेछन् बेहोश भइहाल्यो ।’ खस भाषामा छारेरोगलाई तराईमा मिर्गी भनिन्छ । यो रोग लागेको मानिस कुनै पनि बखत बेहोश भएर ढल्छ । तर, यो रोगको स्थायी उपचार सम्भव छ ।

विश्वमा पाँच करोडभन्दा बढी मानिस यस रोगबाट पीडित छन् । न्युरोएस्टिमुलेटर नामक यन्त्रलाई मस्तिष्कसँग जोडिन्छ । यसले दिमागबाट पैदा हुने सिग्नल (संकेत) बारे जानकारी दिन्छ । जसले गर्दा मानिस मुर्छा हुनुभन्दा पहिल्यै त्यसबारे सूचना दिन्छ । तसर्थ, बिरामी सुरक्षित स्थानमा बस्न अथवा आवश्यक उपचारका लागि पूर्वतयारीमा रहन सजिलो गर्छ ।

प्रतिक्रिया दिनुहोस्