मेरो आदिम थलो, मेरो धाम, मेरो खकलुङलाई प्रणाम


म साम्पाङ राई हुँ । म साम्पाङ राईहरूको आदिम थलो मानिएको साबिकको बाँसपानी गाउँ विकास समिति–३ र हालको केपिलासगढी गाउँपालिका–३ स्थित खकलुङ (साम्पाङ राईहरु यही ओडारबाट फैलिएका मानिन्छ) मा छु ।

 

मेरो टिममा हुनुहुन्छ– गीतकार संघ नेपालका अध्यक्ष साँस्कृतिक अध्येयता शुभ मुकारुङ, गीतकार संघ नेपालका केन्द्रीय सदस्य तथा सांस्कृतिक अध्येयता उमेश राई ।

हामी केपिलासगढी गाउँपालिकाको सातवटा ओडा क्रमशः सप्तेश्वर, सुङदेल, फेदी, खार्ताम्छा, बाक्सिला, बाँसपानी र दिप्सुङमा प्रचलित मूर्त, अमुर्त साँस्कृतिक सम्पदाको गहन अध्ययन गरी ती संस्कृतिलाई कसरी संरक्षण तथा सम्बद्र्धन गर्न सकिन्छ ?

ती संस्कृतिलाई कसरी आय–आर्जनसँग जोडी केपिलास गाउँपालिकालाई समृद्ध बनाउन सकिन्छ भन्ने विषयमा यहाँका जनप्रतिनिधि, जातीय अगुवा तथा अन्य सरोकारवालालाई अभिमुखीकरण तालिम प्रदान गरेका छौं ।

यो ठाउँ मेरो पुर्खाको आदिम भूमि पनि भएको हुँदा म अत्यन्तै खुसी छु । किरात राईमध्ये साम्पाङ राईको आदिम थलो खकलुङ, दुमी राईहरुको आदिम थलो दुम्कुलु दुम्देल र कोयी राईको आदिम थलो सुङ्देल यही गाउँपालिकामा पर्छ ।

 

प्रतिक्रिया दिनुहोस्