कार्यालय आकर्षक बनाउने काइदा


कार्यालयका लागि उचित स्थान छनोट एवम् उपयुक्त भवन व्यवस्था गरिसकेपछि व्यवस्थापकले उपलब्ध स्थानको अधिकतम उपयोग हुनेगरी कार्यालयको सजावट गर्ने कामलाई कार्यालय विन्यास भनिन्छ । यो कार्यालय रूपाङ्कन गर्ने काम हो ।

कार्यालय रूपाङ्कनअन्तर्गत विभिन्न विभाग तथा कोठामा टेबल, कुर्सी, दराज, सजावटका सामान, विभिन्न यन्त्र आदि वैज्ञानिक ढंगले व्यवस्थित एवम् आकर्षक गर्ने काम पर्छन् । यसले गर्दा कार्यालयले गर्ने कामलाई मितव्ययी र प्रभावकारी रूपमा प्रवाह गर्न सघाउ पुर्याउँछ ।

कार्यालय विन्यासको महत्व

– उपलब्ध स्थान तथा उपकरणको उचित प्रयोग

– कार्यालय खर्चमा मितव्ययिता

– कार्यालयको कार्यदक्षतामा अभिवृद्धि

– सहज सुपरीवेक्षण

– प्रभावकारी नियन्त्रण

– उपयुक्त सञ्चार व्यवस्थापन

– कर्मचारीको मनोबल वृद्धि

– ग्राहकमा सकारात्मक प्रभाव

प्रतिक्रिया दिनुहोस्