हलेसीका वडाध्यक्ष र धितुङका वडासदस्यलाई कोरोना संक्रमण



हलेसी (खोटाङ) । सामान्य लक्षण देखिएपछि एन्टिजेन परीक्षण गर्दा हलेसी तुवाचुङ नगरपालिका–७ महादेवस्थानका वडाध्यक्ष चइन्द्र राईलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

वडाध्यक्ष राईले कोरोना संक्रमण भएपछि पछिल्लो समय आफूसँग सम्पर्कमा रहेकालाई एन्टिजेन परीक्षण गर्दै सतर्कता अपनाउन अनुरोध गरेका छन् । ‘स्वास्थ्यमा समस्या छैन,’ उनले भने, ‘रुघाखोकी र हाच्छ्युँबाहेक अरू समस्या छैन ।’

सामान्य लक्षण देखिएपछि हलेसीमा तीनजनाको एन्टिजेन परीक्षण गर्दा वडाध्यक्ष राई र हलेसी तुवाचुङ नगरपालिका–८ धितुङका एक वडासदस्यलाई कोरोना संक्रमण पुष्टि भएको हलेसी तुवाचुङ नगरपालिका नगरप्रमुख इवन राईले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्