समुद्रमुनिको खेतीको प्रभावकारी



दुर्छिम (खोटाङ) । पृथ्वीमा खेतीयोग्य जमिन घट्दै गएको छ । जनसंख्या भने बढ्दो छ । यही गतिमा जनसंख्या वृद्धि हुने हो ६०० वर्षपछि पृथ्वीमा मानिस बस्ने ठाउँ नरहने स्टेफेन हकिङ्सले अड्कल काटेका थिए ।

खेतीयोग्य जमिन घट्दै गएपछि खानेकुरा अभाव हुने नै भयो । तसर्थ, उत्पादन बढाउने लोभमा रासायनिक मल प्रयोग बढिरहेको छ । त्यसले जमिनको उर्वर र मानिसको स्वास्थ्यमा असर पुर्याइरहेको छ । रासायिनिक मलले जमिनमात्र होइन, समुद्रको वातावरणीय सन्तुलन बिगार्दै लगेको छ ।

इच्छा भए उपाय कति कति । ग्रीन वेभ कम्पनीले जमिनमा गरिने खेतीको विकल्पमा समुद्रको वातावरणीय सन्तुलन कायम राख्दै खेतिपाती थालेको छ । उसले घोंगी, सिपी, ठूला सिपी र एकप्रकारको सामुदिक्र वनस्पति सी विडको खेती थालेको हो । त्यहाँ उत्पादित खानेकुरामा प्रोटिन पर्याप्त पाइनुका साथै वातावरणीय परिवर्तन सही बाटोमा ल्याउन सघाउ पुग्छ ।

प्रतिक्रिया दिनुहोस्