हावा शुद्ध बनाउने फिल्टर



दुर्छिम (खोटाङ) । औद्योगिकीकरण र वैज्ञानिक आविष्कारका कारण पृथ्वी सहजमात्र होइन, चुनौतीपूर्ण बन्दै गएको छ । सवारीसाधन आविष्कारले एकबाट अर्को ठाउँ पुग्न त्यत्तिकै सजिलो बनाइदिएको छ ।

हवाईजहाज आविष्कारले टाढाको यात्रा सहज भएको हो । ठूल्ठुला कारखाना स्थापना हुँदा मानिसलाई आवश्यकीय वस्तु उत्पादन गर्न सहज भएको छ । सँगसँगै प्रदूषण भने ह्वात्तै बढेको छ ।

प्रदूषणले मानिसको जनजीवन असहज बन्दै गएको छ । वैज्ञानिकले यसलाई कम गर्ने उपाय खोजिरहेका छन् । फलस्वरूप हावा शुद्ध बनाउने मोलेक्युल फिल्टर आविष्कार गरिएको छ । यसले हावा शुद्ध बनाउनुका साथै अशुद्ध तत्व ध्वस्त गरिदिन्छ । हावा सफा गर्ने अन्य फिल्टरले भने अशुद्ध तत्व हटाएर शुद्ध बनाउँछ ।

साउथ फ्लोरिडा विश्वविद्यालयको क्लिन इनर्जी रिसर्च सेन्टरले मोलेक्युल फिल्टर निर्माण गरेको हो ।

प्रतिक्रिया दिनुहोस्