मोटरसाइकल चलाउँदा ओढ्न मिल्ने छाता



दुर्छिम (खोटाङ) । गाउँघरतिर पातले बनाइएका घुम हुन्थे । घुम ओढेर किसान काममा जान्थे । त्यसपछि प्लास्टिकको चलन आयो ।

यसैगरी, छाताको चलन आयो । छाताचाहिँ अलि हुनेखानेले मात्र ओढ्थे । किसान प्रायः पातले बनेको र पछि प्लास्टिकले ढाकेर बनाइएका घुम ओढ्थे ।

हावा चलेका बेलाचाहिँ हिँड्दाहिँड्दै छाता नै उल्ट्याइदिन्थ्यो । अहिले त साइकल हाँकिरहेको बेला अथवा स्कुटर गुडाइरहेको बेला समेत हावाले केही नगर्ने छाता विकास गरिएको छ ।

सहरमा साइकल या स्कुटर चढ्दा ओढिने रेनकोट अथवा बर्सादी र छाताको बनोटलाई मिलाएर नयाँ रेनकोट निर्माण गरिएको छ ।

साइकलको डन्डी अथवा स्कुटरको ह्यान्डिलनजिक यसलाई राख्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्